नेपालका दीपेन्द्रसिँह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रियतर्फ अलराउन्डरको वरियतामा छैठौँ स्थानमा पुगेका छन् । आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए । दीपेन्द्र अब भारतका अलराउन्डर हार्दिक पाण्ड्याभन्दा पनि अघि पुगेका छन् । टी–२० अन्तर्राष्ट्रियको अलराउन्डर वरियतामा अन्तर्राष्ट्रियका मार्कस स्टोइनिस शीर्ष स्थानमा छन् ।

यस्तै ब्याटिङ वरियतामा पनि पाँच स्थान सुधार गरेर ऐरी ४६औँ स्थानमा पुगेका छन् । टी–२० को बलिङ वरियतामा पनि दीपेन्द्रले २७ स्थान सुधार गरेर ९६ स्थानमा पुगेका छन् । दीपेन्द्रभन्दा अघि नेपालका सोमपाल कामी आठ स्थान सुधार गरेर ९१ औँ स्थानमा पुगेका छन् ।