काठमाडौँबाट पोखरा आउँदै गरेको यात्रुबस आज बिहान तनहुँमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान ३ः४० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। २ ट्राफिक पोष्टस्थित पृथ्वी राजमार्गमा ना५ख ४३७४ न।को बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
बस अनियन्त्रित भइ सडकको नालामा खसेको तनहुँ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ९डीएसपी० दीपक कुमार रायले जानकारी दिए ।
घाइते हुनेमा पोखरा–१३ की ३० वर्षीया सुनिता सुनार र ५ वर्षीय रेशम सुनार, पोखरा–३२ की २५ वर्षीया संगीता तिवारी र २८ वर्षीय सन्दीप तिवारी, धादिङ ज्वालामुखी–७ की १० वर्षीया सुरक्षा कंडेल र ३८ वर्षीय टेकनाथ कंडेल छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रायले जानकारी दिए ।