Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • घटना
TRENDING
  • समाचार
  • घटना
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

देशभर बाढी–पहिरोको प्रकोप

स्याङजामा पहिरोले घर पुर्दा आमा छोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेकी ३१ वर्षीय दुर्गा जिटी र ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको हो । गएराती साढे ११ बजे घरमाथिबाट खसेको पहिरोमा परेर दुवैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । पहिरोले घरसँगै गोठ पनि पूर्ण रुपमा क्षति भएको छ । गोठमा रहेको भैसीसमेत मरेको छ । यसैबिच, बागलुङको पहिरोले घर पुरिएर वेपत्ता प्रेम विकको पनि शव फेला परेको छ ।

पहिरोमा वेपत्ता भएका गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । यसअघि पहिरोमा पुरिएको अवस्थामा प्रेमकी श्रीमती ५० वर्षीया वसन्ती विकको शव फेला परेको थियो । प्रहरीले पहिरोले पुरिएका श्रीमान श्रीमतीको उद्दार तथा खोजी गरेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिविर घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।गए रातिको भारी वर्षाका कारण घरमाथीबाट खसेको पहिरोले घर पुरेको थियो ।

त्यस्तै, गुल्मीमा पनि पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कडेलपाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले बताए । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुिरएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist