स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं। १३ बगालेथोकस्थित गैरीसागर आँधीखोलाको किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भिरकोट नगरपालिका –४ छाङ्छाङ्दी बस्ने ४० वर्षीय बस चालक सुरेश श्रेष्ठ सोमबार दिउँसो आँधीखोला किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रदेश नं।३–०२–००९ प ०१९३ नं. को स्कुटी लिई पुतलीबजार नगरपालिका– ३ पुतलीखेतस्थित बहिनीको डेरामा बस्ने छोरा÷छोरी भेट्न आएका श्रेष्ठ आइतबार बेलुकिदेखि सम्पर्कबिहिन थिए । उनको स्कुटर घटनास्थलबाट ४ किलोमिटर माथि खोला किनारमा पूर्ण क्षति भएको अवस्थामा भेटिएको थियो ।
स्याङ्जाको पुतलीबजार नगरपालिका मालेबगरस्थित आँधीखोलाको बिचमा बगाएर ल्याई अड्किएको अवस्थामा स्कुटर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घटनासम्बन्धि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।