Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत पक्षमा ६३ मात्रै, विपक्षमा १९४ मत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । यही असार १७ गते राति दुई ठूला दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका थिए । अल्पमतमा परे पनि राजीनामा नदिई सदन फेस गरेका प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा ६३ मत मात्रै प¥यो भने विपक्षमा १९४ मत परेको सभामुखले घोषणा गरे। मत दिन्न भन्नेमा एक मत प¥यो। प्रतिनिधिसभामा भएको मतदानमा २ सय ५८ सांसद उपस्थित थिए ।

पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न नसकेपछि डेढ वर्षमै प्रचण्ड सरकार ढलेको हो। १० पुस ०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले चौथो पटकसम्म निरन्तर संसद्मा विश्वासको मत पाउँदै आएका थिए। दुई ठूला दल नै मिलेपछि यसपटक भने उनी अविश्वासको सिकार बनेका हुन्।प्रधानमन्त्री बनेपछि पहिलो पटक २७ पुस ०७९ मा ९७ प्रतिशत बढी अर्थात् २७५ सदस्यीय संसद्मा २६८ सांसदको मत पाएका थिए ।

पटक पटक सत्ता समीकरण फेर्दै पाँचौं पटकसम्म आइपुग्दा ६३ मा सीमित भए। यससँगै ९ वर्षपछि माओवादी प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ । नयाँ समीकरण अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist