Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

विन्ध्येश्वरी स्कुलमा त्रिदिवसीय खेलकुद प्रतियोगिता शुरु

‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विद्यार्थीको शारिरीक विकास, मनोरञ्जन र उनीहरुभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले मिति २०८१÷०८÷०२ गतेबाट तिनदिने खेलकुद प्रतियोगिता शुरु गरेको छ । उक्त कार्यक्रममा मा.वि. तथा नि.मा.वि. तहमा श्री माया क्षेत्री, प्रा.वि. तहमा श्री उर्मिला परियार र पूर्व प्रा.वि. तहमा श्री हिरा थापा खेलकुद संयोजक रहनुभएको छ ।


उक्त त्रिदिवसीय खेलकुद प्रतियोगिताको आज पहिलो दिनमा विद्यालयले सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न तहगत रुपमा करिब १० ओटा खेल आयोजना गरिएको थियो । ती खेलकुदहरु सदनात्मक र खुल्ला रुपमा खेलाइएको थियो । कक्षा नर्सरीमा बिन्स पोरिङ (सिमी खन्याउने) प्रतियोगितामा इप्सान परियार प्रथम, रिहाशा गदाल द्वितीय र अनामिका सापकोटा तृतीय भएका छन् । यसैगरी तातो आलु (हट पोट्याटो) मा परितोष पौडेल प्रथम, सुबासना तामाङ द्वितीय र अनिक शिट तृतीय भएका छन् । कक्षा एल.के.जी. बाट तातो आलुमा मेबल मगर प्रथम, कृष्ण मेट्या द्वितीय र दिवियाङ्का कार्की तृतीय भएका छन् । यु.के.जी. तर्फबाट गणित दौडमा यान्सिका नेपाली प्रथम, सुप्रिम थापा द्वितीय र प्रीतिकोना मोन्डल तृतीय भएका छन् । यसैगरी यु.के.जी.तर्फ कै अर्को खेल म्युजिकल चेयरमा सौजन्य गायन प्रथम, आरभ परियार द्वितीय र आशिका लामिछाने तृतीय भएका छन् । कक्षा एकबाट गणित दौडमा पारोमिता मोन्डल प्रथम, रिया भुजेल द्वितीय र आदित्यसुदन जोशी तृतीय भएका छन् । सोही कक्षाको म्युजिक चेयर खेलमा जेनिशा जि.सी. प्रथम, रुबी परियार द्वितीय र पारोमिता मोन्डल तृतीय भएका छन् ।


यसैगरी जुनियर प्रा.वि. तहमा कक्षा २ केटा समूहबाट बोरा दौडमा अप्सन परियार प्रथम, रन्जन सुनार द्वितीय र आरुश पान्डे तृतीय भएका छन् । कक्षा २ केटी समूहबाट बोरा दौडमा एन्जिला थापा प्रथम, प्रतिक्षा थापामगर द्वितीय र सबनम देवकोटा तृतीय भएका छन् । कक्षा २ मा १००मी. दौडमा केटी समूहबाट क्रेलिसा बि.क. प्रथम, साजिया क्षेत्री द्वितीय र प्रतिक्षा थापामगर तृतीय भएका छन् । सोही कक्षाका केटा समूहबाट जेनिस लामिछानेमगर प्रथम, आरुश पान्डे द्वितीय र दिप्लव नेपाली तृतीय भएका छन् । मेमोरी पावर खेलमा रन्जन सुनार प्रथम, एन्जिला थापा द्वितीय र प्रतिक्षा थापामगर तृतीय भएका छन् । कक्षा ३ केटा समूहबाट बोरा दौडमा युनेश रोका प्रथम, आयन बि.क. द्वितीय र सनिप श्रेष्ठ तृतीय भएका छन् । कक्षा ३ कै केटी समूहबाट बोरा दौडमा सिवानी बि.क. प्रथम, रिहाना बि.क. द्वितीय र सुजिता बाल्कोटी तृतीय भएका छन् । कक्षा ३ बाट नै मेमोरी पावर खेलमा सौगात हमाल प्रथम, अंकित मन्ना द्वितीय र दिप्सना बि.क. तृतीय भएका छन् । सोही तहमा १००मी. दौडमा केटा समूहबाट सनिप श्रेष्ठ प्रथम, आयान बि.क.द्वितीय र कपिल पौडेल तृतीय भएका छन् । केटी समूहबाट १००मी. दौडमा सिवानी बि.क. प्रथम, सुजिता बाल्कोटी द्वितीय र सइशा तामाङ तृतीय भएका छन् । भने सिनियर प्रा.वि.तह तर्फबाट केटा समूहबाट बोरा दौड खेलमा कक्षा ४ का युवराज बि.क.प्रथम, सोही कक्षाका सुप्रिम थापा द्वितीय र कक्षा ५ का नुयाल तामाङ तृतीय भएका छन् । केटी समूहबाट बोरा दौड खेलमा कक्षा ५ की युनिसा अधिकारी प्रथम, कक्षा ४ की युनिका खनाल द्वितीय र कक्षा ४ कै सुयोना गुरुङ तृतीय भएका छन् । १००मी. दौडमा केटा समूहबाट सनिश बि.क.प्रथम, मन्दिप सुनार द्वितीय र सौरभ परियार तृतीय भएका छन् । १००मी. दौडमा केटी समूहबाट युनिका खनाल प्रथम, श्रीषा तिमिल्सिना द्वितीय र क्रिसा लिम्बु तृतीय भएका छन् ।


त्यस्तै आधारभूत सिनियर तर्फ बोरा दौडमा कक्षा ६ की प्रेना नेपाली प्रथम, सोही कक्षाकी सबिता सुनार द्वितीय र कक्षा ७ की उर्मिला गुरुङ तृतीय भएका छन् । सोही तहमा १००मी. दौडमा केटी तर्फकै बिनिसा तामाङ प्रथम, अंकिता पौडेल द्वितीय र प्रेना नेपाली तृतीय भएका छन् । सोही तहमा केटातर्फको १००मी. दौडमा दिप्सन क्षेत्री प्रथम, सफल थापा द्वितीय र रुप्सन गुरुङ तृतीय भएका छन् । यसैगरी मा.वि. तहमा १००मी. दौडमा आविष्कार शाही प्रथम, सुजन राई द्वितीय र अस्दिप बर्देवा तृतीय भएका छन् । सोही तहको केटी समूहको बोरा दौडमा प्रशंशा कार्की प्रथम, स्टेला श्रेष्ठ द्वितीय र साइना बुद्धाचार्य तृतीय भएका छन् ।
विद्यालयका प्राचार्य श्री कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्राचार्यले खेलकुद सामाग्री विभिन्न सदनका सदन प्रमुखलाई हस्तान्तरण गरेर शुरुवात गर्नुभएको थियो । कार्यक्रमलाई विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख श्री राजु बयलकोटीले सञ्चालन गर्नुभएको थियो भने शिक्षिका श्री माया क्षेत्रीले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist