Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरा महोत्सवको तयारी बैठक सम्पन्न

१३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सवका विभिन्न उपसमिति तथा सल्लाहकारहरुको बैठक सम्पन्न भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सव सम्पन्न गर्न गठित विभिन्न उपसमिति र सल्लाहकारहरुको बैठक सम्पन्न भएको हो ।

सो अवसरमा वोल्दै महोत्सवका सल्लाहकार तथा पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले पोखरा महोत्सव सफल बनाउनका लागि वडा नं १० ले वडाबाट योजनामानै समेटेर महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यसैगरी पोखरा महोत्सवलाई महानगरबाट उपलब्ध हुने सहयोगका लागि आफ्नो तर्फबाट समेत सक्दो पहलकदमी गर्ने प्रतिवद्धता समेत जनाए ।

त्यस्तै महोत्सवका सल्लाहकार दिपक थापाले पोखरा महोत्सव स्थल अमरसिंह चोक आसपास सडक निर्माणको काम भइरहेकाले महोत्सव आयोजना गर्दा त्यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै सल्लाहकार श्यामकृष्ण श्रेष्ठले महोत्सजमा हाँस्य ब्यङ्ग्य कार्यक्रमलाई जोड्न सके दर्शक भित्रयाउन सहयोग पुग्ने वताए ।

सल्लाहकार प्रेम प्रसाद गौतमले पोखरा महोत्सवको आयोजना गरेर समाज सेवा गर्नु आफैमा महत्वपूर्ण भएकाले पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन सबैको सहकार्य आवश्यक रहेको वताए । सल्लाहकार तथा समाज कल्याण समितिका अध्यक्ष राजेन्द्र बहादुर कार्कीले समाजकल्याण परिषदको तर्फबाट आवश्यक पर्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । सल्लाहकार अनिल थापाले पोखरा महानगरपालिका वडा नं ६ र आफ्नो ब्याक्तिगत तर्फबाट समेत सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे ।

सल्लाहकार बलराम ढुंगानाले अहिले पृथ्वीराजमार्ग निर्माणको क्रममा रहेकाले विभिन्न समस्याहरु उत्पन्न हुने भएकाले त्यस्ता समस्या समाधानका लागि समेत महोत्सव आयोजक तयारी अवस्थामा बस्नुपर्ने बताए । नागरिक अगुवा तथा महोत्सवका सल्लाहकार राम बहादुर पौडेलले महोत्सवको पूर्व सन्ध्यामा आयोजना हुने सरसफाइ कार्यक्रमलाई जागरणको रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा वोल्दै युनाईटेड क्लबका निवर्तमान अध्यक्ष तथा १३ औं पोखरा महोत्सवका कार्यसम्पादन उपसमिति संयोजक राजु श्रेष्ठले सल्लाहकार तथा उपसमिति संयोजकहरुको सल्लाहलाई मनन गर्दै १३ औं संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउन आफुहरु लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।

उक्त अवसरमा महोत्सव सल्लाहकारहरु तेज बहादुर गुरुङ, गुप्त बहादुर कार्की, मुलयांकन ब्यवस्थापन उपसमिति संयोजक सुशिलराज पराजुली लगायतले आ आफ्नो धारणा राखेका थिए ।

युनाईटेड क्लबका अध्यक्ष तथा १३ औं पोखरा महोत्सव मुल आयोज समितिका संयोजक लोक बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य सहित बैठकको एजेन्डा प्रस्तुत गरेका थिएभने कार्यक्रमको सञ्चालन क्लबका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist