मिति २०८१ पाैष १३ गते निस्सिम थापा फाउन्डेसनकाे दाेस्राे साधारण सभा तथा प्रथम अधिवेसन सम्पन्न भएकाे छ। कार्यक्रम अमरसिँह चाेक स्थित रिजवाटर स्कुल हलमा सम्पन्न गरिएकाे थियाे । संस्थाका अध्यक्ष प्रकाश थापाकाे अध्यक्षतामा बसेकाे उक्त कार्यक्रमा प्रमुख अतिथि पृथ्वी नारायण क्याम्पस समाजशास्त्र विभागकाे प्राध्यापक डा. रामचन्द्र बराल रहनुभएकाे थियाे । त्यसैगरी अतिथिकाे रुपमा अधिवक्ता इश्वर परियार र सल्लाहकारकाे रुपमा शाेभादेवी माेक्तानकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका आजीवन सदस्य बिमला क्षेत्रीले गर्नुभएकाे थियाे भने कार्यक्रम सन्चालन संस्थाका काेषाध्यक्ष रिता पाैडेलले गर्नुका साथै आर्थिक वर्ष २०८०/ ८१ काे आय व्यय विवरण समेत पेश गर्नुभएकाे थियाे ।

कार्यक्रमकाे पहिलाे सत्रमा अवार्ड वितरण काे कार्यक्रम रहेकाे थियाे जस अन्तर्गत सन् २०२३ मा एम.ए. साेसिओलाेजी तर्फ उत्कृष्ट नतिजा प्राप्त गर्न सफल श्री बिनाेद कुमार कार्कीलाई प्रमुख अतिथि पृथ्वी नारायण क्याम्पसका डा. रामचन्द्र बरालले फाउन्डेसनकाे तर्फबाट सम्मानपत्र र नगद रु १५००० ( पन्ध्र हजार रुपैयाँ ) प्रदान गर्नुभएकाे थियाे । त्यसैगरी यस वर्ष अन्तरराष्ट्रिय जगतमा उत्कृष्ट उडान गरि नेपाललाई विश्वमा चिनाउन सफल पाइलटहरु अमन थापा मगर , ताेरण गुरुङ र अन्जन कुँवरलाई सम्मानपत्र प्रदान गरिएकाे थियाे । अमन थापा मगर र ताेरण गुरुङ भारतकाे मिजाेराम मा सन् २०२४ डिसेम्बर ९ देखि १४ मा सम्पन्न इन्टरनेसनल प्याराग्लाइडिङ एक्युरेसी च्याम्पियनसिप तथा एअर स्पाेर्ट्स फेस्टिबलमा सहभागी भएका थिए । त्यस्तै पाइलट अन्जन कुँवर सन् २०२४ सेप्टेम्म्बर ६ देखि २२ मा जर्मनीमा सम्पन्न इन्टरनेशनल प्याराग्लाइडिङ एक्युरेसी वर्ल्डकपमा सहभागी भएका थिए । साथै फाउन्डेसनका नयाँ सदस्यहरु शुशीला शर्मा, ल्हामाे डाेल्कार गुरुङ तथा तनु घलेलाई सदस्यता प्रमाण पत्र वितरण गरिएकाे थियाे ।

प्रमुख अतिथि डा. बरालले संस्थाकाे प्रगतिकाे कामनाका साथै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे भने वहाँले निस्सिम थापा एम ए समाजशास्त्रमा आफ्नाे विद्यार्थी समेत रहेकाे स्मरण गराउनुभएकाे थियाे र निस्सिमले आकाशमार्गमा उड्ने खेल र समाजशास्त्रकाे शिक्षाकाे रुचीलाई सँगै लगेकाे उदाहरण उल्लेखनीय भएकाे समेत बताउनुका भएकाे थियाे साथै रिजवाटरकाे अर्थ पनि उच्च शिखरमा पाइने पानी भन्ने भएकाे र उच्च शिखरहरुमा हलुका पानीका कणहरु वाफकाे रुपमा गई जम्मा हुने र ती पवित्र हुने राेचक एवम् साा्दर्भिक प्रसँग समेत उल्लेख गर्नुभएकाे थियाे । कार्यक्रममा बाेल्दै संस्थाका अध्यक्ष प्रकाश थापाले उपस्थित सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै सबै सदस्यहरुका लागि संस्थाले सामाजिकीकरण तथा व्यक्तित्व विकासमा सहयाेग पुर्याउने भएकाेले संस्थामा क्रियाशील रहन सुझाव दिनुभएकाे थियाे ।

कार्यक्रमकाे दाेस्राे सत्रमा संस्थाकाे प्रथम अधिवेसन सम्पन्न गरियाे भने अधिवक्ता इश्वर परियारकाे निर्वाचन सहजीकरणमा ९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत बाट चुनिएकाे थियाे जस अनुसार अध्यक्षमा प्रकाश थापा, उपाध्यक्षमा सावित्री थापा माेक्तान, सचिवमा रिता पाैडेल, काेषाध्यक्षमा सागर क्षेत्री तथा सदस्यहरुमा रुपेश गुरुङ, नेहा श्रेष्ठ, सुरज थापा, राजु बहादुर थापा मगर तथा प्रदीप पाैडेल रहेका छन् ।