पाेखरा -१५,
पाेखरा- १५, रामबजारमारमा रहेकाे मेरील्याण्ड किड्स मन्टेश्वरीकाे १२ औँ खेलकुद दिवसको समुद्घाटन गरिएकाे छ । पाेखरा -१५,मिलनमार्गमा रहेकाे आँधिखाेला तमु समाज घरमा आयाेजित कार्यक्रमकाे संस्थाका संस्थापक कुलप्रसाद सुबेदीले उद्घाटन गरे ।

उद्घाटनका क्रममा बिद्यार्थीहरुले खेलकुदको महत्त्व र यसले स्वास्थ्यमा पार्ने सकरात्मक प्रभाव सम्बन्धि जनचेतना जगाउने प्लेकार्ड सहीत टोल परिक्रमा गरेका थिए । बालबालिकाहरुको उमेर समूह अनुसार स्याक रेस, रिले रेस, स्पोन रेस, म्याचिङ्ग गेम, ब्यालेन्सिङ, चक्लेट रेस, बलिङ्ग, कफिकप जस्ता विभिन्न खेलहरु खेलाइने र खेलकुदले बालबालिकाहरुलाई उत्प्रेरण जगाउने र हौसला प्रदान गर्ने संस्थाका संस्थापक प्रिन्सिपल सीता तिमिल्सिनाले जानकारी दिइन ।


२०६८ सालमा अनुमति लिइ २०६९ सालदेखी संचालन हुँदै आइरहेको यस बिद्यालयले बालमैत्री बाताबरण सहीत प्रयोगात्मक तरिकाले शिक्षा प्रदान गर्दै आइरहेको छ।