Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

जिल्ला सहकारी संघ लिमिटेड कास्कीको ५१ औं वार्षिक साधारणसभा एवं निर्वाचन सम्पन्न

पाेखरा पौष २७

जिल्ला सहकारी संघ लिमिटेड कास्कीकाे ५१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। प्रमुख अतिथि गण्डकी प्रदेश सहकारी रजिस्ट्रार भेषराज रिजालले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सम्पुर्ण सहकारीहरु सिद्धान्त, मुल्य मान्यता तथा ऐन नियमको परिधिभित्र रहेर सन्चालन गरेमा कुनै समस्या नाआउने बताउनु भयो । उक्त सभामा नेफ्स्कुनका संचालक कमला देवी गिरी, पोखरा महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, अधिवक्ता युवराज पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । पोखरा – ७, सहिदचोक स्थित जिल्ला सहकारी संघ लिमिटेडमा हाल ४२४ सहकारी संघ र संस्थाहरु सदस्य रहेका छन भने दुग्ध सहकारीहरु मार्फत दैनिक रुपमा संकलित करिब ४००० लिटर दुध खरिद गरि प्रशोधन गरेर प्याकेट दुध, दही, नौनी, पनिर, खुवा र आइसक्रीम उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको छ ।  

      उक्त कार्यक्रममा आफ्ना सदस्य संस्थामा अध्यक्षको भुमिकामा रहनु भई ७५ वर्ष पुरा हुनु भएका ११ जना जेष्ठ अग्रजहरु, गुणस्तरीय दूध उपलब्ध गराउने संस्थामध्ये पिपलबोट दुग्ध उत्पादक सहकारी संस्था, पत्रकारिता मार्फत सहकारी समाचार सम्प्रेषणमा योगदान गरे बापत पत्रकार हरि पन्त, उत्कृष्ट कर्मचारी तर्फ गुरु प्रसाद अधिकारी लाई सम्मान तथा पुरस्कृत गरिएको थियो । संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन साबित्रा कोइराला, कोषाध्यक्षको नवराज बराल र लेखा सुपरिवेक्षण समितिको धर्मराज गुरुङले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा  बरिस्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत, उपाध्यक्ष अम्बिका गौतम आचार्यले सहकारीका सिद्धान्त वाचन, महासचिव दिपक राज बास्तोलाले संचालन गरेका थिए भने सो कार्यक्रम साबित्रा कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।    

    साथै सोही दिन सम्पन्न निर्वाचनबाट आगामी ४ बर्षे कार्यकालका लागी  अध्यक्षमा दिपक राज बाँस्तोला, बरिस्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम आचार्य, महासचिवमा दिपक प्रकाश आचार्य, कोषाध्यक्षमा भोजराज घिमिरे, राष्ट्रिय प्रतिनिधि सदस्यमा विना लोहनी, संचालक सदस्यहरुमा आनन्द सुवेदी, धन राज पुरी,विमला कुमारी थापा वस्नेत, मैना देवी रावत, चन्द्रावती गैह्रे, सविना अधिकारी छेत्री, इश्वरी प्रसाद लम्साल र लेखा सुपरिवेक्षण समिति संयोजकमा रुद्रनाथ पौडेल, सदस्यहरुमा शुस्मा पहारी, नारायण बजगाँइ सर्वसम्मत निर्वाचित भएको निर्वाचन उपसमिति संयोजक इश्वरी ढकालले जानकारी गराइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist