Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

तेस्रो हिसान गण्डकी प्रदेश स्तरीय फुटसल प्रतियोगिताको कास्की छनौट माघ तेस्रो साता

पोखरा, ४ माघ

उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनौट खेल माघ तेस्रो साता हुने भएको छ । गण्डकी प्रदेश स्तरीय प्रतियोगिताका लागि कास्की छनौट प्रतियोगिता माघ १६ देखी १९ गते सम्म हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीबाट १२ टिम छनौट हुने छन् । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ ।

हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । कास्कीबाट १२ र प्रदेशका अन्य जिल्लाबाट ४ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताए । कास्की छनौटबाट छानिएका १२ टिमले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । प्रयितोगितामा एउटा विद्यालयबाट २ टिमले सहभागीता जनाउन पाउने उनले बताए ।

उनले कास्की छनौट पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा हुने बताए । त्यसै गरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुने उनको भनाई छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्लब हो । हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आयोजको दावी छ । प्रदेशस्तरी प्रतियोगिता माघ अन्तिम साताबाट शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist