Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

माछापुच्छ्रे –९,सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

माघ , ५ पोखरा ।
कास्की माछापुच्छ्रे गाउँपालिका वडा न।–९ सिधिङमा सविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाईटेडले क्लबको वार्षिक उत्सवको अवसर पारेर प्रतियोगिता आयोजना गरेको हो । माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा न।९ का अध्यक्ष हरि ब। क्षेत्रिले प्रतियोगिताले समग्र माछापुच्छ्रे« गा।पाको खेलकुद क्षेत्रको विकास संगै कला, संस्कार र संकृतिको जगेर्ना गर्ने विश्वस ब्यक्त गरे ।

माघ ३० गते देखि फागुन ३ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले नगद रु ८५ हजार, द्धितियले नगद रु ५० हजार र तृतीयले नगद रु ३० हजार र सान्त्वना हुनेले नगद रु २० हजार रुपँया साथमा ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाईकर र उत्कृष्ट सेटरलाई नगद पुरस्कारका साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुक ब।तामाङले बताए । पुरुष भलिबल तर्फ दर्ता शुल्क रु ६ हजार रहेको छ । भेट्रान्स भलिबल प्रतियोगिता तर्फको विजेताले नगद रु ३०,००० र उप–विजेताले नगद रु २०,००० हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भेट्रान्स तर्फ दर्ता शुल्क नगद रु ३ हजार रहेको छ ।

कार्यक्रमको अन्य आकर्षणको रूपमा हरेक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू द्धारा नृत्य,गायन,हास्यब्यङ्गे विशेष प्रस्तुति र विभिन्न सांस्कृतिक कार्यक्रम रहने छन् । साथै आधारभूत विघालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता,रस्साकस्सी, छेलो हान्ने,घैँटो फुटाई लगायतका प्रतियोगिता पनि रहने क्लबका क।वा सचिव प्रज्वल क्षेत्रिले बताए । आयोजित विभिन्न प्रतियोगितामा सहभागी हुन माघ २९ गते बेलुका ४ः०० बजे भित्र समूहको नाम दर्ता गरिसक्नु पर्ने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist