Friday, March 14, 2025

आजको मिति: २०८१ फाल्गुन ३० ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
तीनपुस्ताको राजनीतिक बिरासत, समाजसेवा
Next
Prev

पोखरा युनाइटेड एकेडेमीको फुड फेस्टिभल एण्ड कन्सर्ट सम्पन्न

पोखरा १६ माघ
पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले मंगलबार पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ आयोजना ग¥यो । विद्यालयले कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित फुड फेस्टिभल आयोजना गरेको हो । फुड फेस्टिभलमा विद्यार्थीले १५ प्रकारका अग्र्यानिक खानाका परिकार प्रस्तुत गरेका थिए भने अतिथि, विद्यालयका अभिभावकलगायतले निकै चासोपूर्वक अवलोकन गर्दै खानाका स्वादमा रमाएका थिए । कार्यक्रममा करिब एक हजार पाँच सयको सहभागिता रहेको विद्यालयले जनाएको छ । सो अवसरमा कमेडी च्याम्पियन सिजन–३ का विजेता सुनिल खड्का, उत्कृष्ट प्रतिस्पर्धी कर्मसिंह लामा, निश्चल अर्याल, सन्देश देवकोटा, प्रतीक अधिकारीलगायतको कमेडी प्रस्तुतिमा सहभागी निकै रमेका थिए ।

साथै साँझको लाइभ ब्याण्डमा युवायुवती झुमेका थिए । रिभाइवल व्याण्ड, जोजीजू म्यूजिक र विद्यालयका दीपेश पहारीले लाइभव्याण्ड प्रस्तुति राखेका थिए । यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले पोखराको शैक्षिक क्षेत्रमा फरक पहिचान बनाएको विद्यालयले विद्यार्थीका लागि फुड फेस्टिभल आयोजना गरेर निकै उत्कृष्ट काम गरेको बताए । उनले यो कार्यक्रमले विद्यार्थीको सिकाइमा केही न केही परिवर्तन अवश्य ल्याउने विश्वास व्यक्त गरे । प्याव्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसीले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयहरुले निकै ध्यान दिनुपर्नेमा जोड दिए । उनले सरकार शिक्षा ऐन ल्याउने तयारीमा रहेकाले देश सुहाउँदिलो गुणस्तरीय शिक्षाका लागि सबैले सुझाव दिनुपर्नेमा जोड दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले कार्यक्रम निकै उत्कृष्ट रहेको र यसले विद्यालयको गरिमालाई थप माथि पु¥याउने विश्वास व्यक्त गरे । अध्यक्ष भण्डारीले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकालेसोही प्रकारको वातावरण सिर्जना गरिएको बताए ।

प्राचार्य बयानबहादुर गोदारले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको बताए । उनले होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीलाई पोखराका नाम चलेका चार तारे होटलमा तालिमको व्यवस्था गरिएको जानकारी दिए । कार्यक्रममा विद्यालयका सहायक प्राचार्य देवेन्द्र अधिकारीले स्वागतसहित विद्यालयको गतिविधिबारे प्र्रकाश पारेका थिए भने सञ्चालन शिक्षक फणीन्द्रराज पौडेल र शिक्षिका गीतादेवी शर्मा गरेका थिए । २०५० सालमा स्थापित विद्यालयमा हाल आठ सय ५० विद्यार्थी रहेकामा कक्षा ११ र १२ मा मात्रै दुई सय २० विद्यार्थी छन् । विद्यालयका कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आइरहेको छ । विद्यालयका अनुसार आगामी दिनमा मोवाइल, टीभी र अन्तर्राष्ट्रिय भाषासँग सम्बन्धित कक्षा सञ्चालनको तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist