‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सि.पि.एस. क्रियाकलाप प्रदर्शनी तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरुले आफूले सिकेका ज्ञान, सिप, क्षमता पहिचान, अन्तर सांस्कृतिक दक्षता र व्यवहारिक सिकाइको कुराहरु प्रदर्शन गरेका थिए । भने शिक्षिकाहरुले अभिभावकहरुलाई नानीबाबुहरुले आफुले वर्ष भरि सिकेका विभिन्न क्रियाकलाप प्रदर्शन तथा शैक्षिक खेलहरु खेलाएर मनोरञ्जन पनि गराउनुभएको थियो ।