बर्दिवास
शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३० औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बर्दिवासस्थित विनायक ब्याङ्केटमा विशेष बहुभाषिक सृजनात्मक कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्रेम घिमिरे ‘अग्नि कवच’को अध्यक्षता र प्रदेशसभा सदस्य माननीय शारदा थापाको प्रमुख आतिथ्य रहेको थियो ।
साहित्यिक योगदानका लागि प्रा।डा। सुमन कर्माचार्यलाई ूशिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ू अन्तर्गत रु १५,५५५ राशिको नगदसहित सम्मान गरियो ।
यस्तै, भारतको सितामढीबाट आएका लेखक महमद कामरुदिन नदाफले विशेष क्षमताका दुई विद्यार्थी गरिमा परियार र दिनेश महतोलाई जनही रु ५५५५ बराबरको छात्रवृत्ति प्रदान गरे । साहित्यप्रेमी मिना देवकोटाद्वारा सुस्मिता कट्वाललाई रु २५५५ छात्रवृत्ति प्रदान गरियो ।

कार्यक्रममा मधेस र अन्य प्रदेशहरूबाट आएका साहित्यकारहरूद्वारा विविध भाषा, लय र विधाका कविता, गीत, गजल वाचन गरिएका थिए । वाचनकर्तामध्ये डा। जेनी हेरिङटन, डा। जो जोनसन, बोध कुमार घिमिरे, कुमार कुसुम, मेघराज पौडेल, गोपाल यादव, सुमित्रा आचार्य लगायत थिए ।
सर्जकहरूलाई दिवंगत शिशिर घिमिरेकी आमाद्वारा प्रशंसा पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि शारदा थापाले कार्यक्रमले साहित्य स्रष्टाहरूलाई प्रेरणा दिएको धारणा राखिन् । कार्यक्रममा विष्णु खड्का, लम्बोदर काफ्ले, नारायण घिमिरे, गुञ्ज बहादुर कार्की, सरिता ढुङ्गाना, रुद्रसेन विश्वकर्मा लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।
सञ्चालन नारद काफ्लेले तथा स्वागत शब्द सर्जक भीमकुमार राउतले राखेका थिए । कार्यक्रमको समापनमा ‘पञ्चामृत’ टेलिभिजन कार्यक्रममा अतिथिहरूको प्रतिक्रिया लिइएको छ, जुन यही शुक्रबार साँझ ५ बजे ओमकार टेलिभिजनबाट प्रशारण हुने छ ।