Monday, June 30, 2025

आजको मिति: २०८२ असार १६ ,सोमबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

कोटिहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार गर्न पोखरामा बृहत् मोटरसाइकल र्‍याली

पोखरा, बैशाख

मानवसेवा फाउण्डेशनद्वारा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ को प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले बृहत् मोटरसाइकल र्‍याली आयोजना हुने भएको छ। यो र्‍याली पोखराको बिरौटास्थित कोटिहोम स्थलबाट सुरु भई शहरका विभिन्न भाग हुँदै पुनः बिरौटामा सम्पन्न हुनेछ।


यसअघि बैशाख ११ गते बृहत् साइकल र्‍याली र बैशाख १२ गते बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको थियो। साइकल र्‍यालीमा सयौं स्थानीयले उत्साहपूर्ण सहभागिता जनाएका थिए भने ट्याक्सी र्‍यालीले पोखराको सडकमा धार्मिक र सामाजिक एकताको सन्देश प्रवाह गरेको थियो। ट्याक्सी र्‍याली बिरौटाबाट सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै बिरौटामा समापन भएको थियो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले मोटरसाइकल र्‍यालीले पनि साइकल र ट्याक्सी र्‍यालीले जस्तै सामाजिक एकता र धार्मिक जागरणको सन्देशलाई पोखरावासीमाझ पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। “यी र्‍यालीहरूले महायज्ञको महत्वलाई जनजनसम्म पुर्‍याउनुका साथै पोखरेली समाजमा एकताको भावना जागृत गरिरहेका छन्,” उहाँले भन्नुभयो।
महायज्ञको प्रचारका लागि फाउण्डेशनले बैशाख १४ गते फेवातालमा डुङ्गा र्‍याली र बैशाख १६ गते बृहत् कशलयात्रा आयोजना गर्ने तयारी गरेको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने यो महायज्ञ पोखरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित आयोजना गरिएको हो।
आयोजक समितिले मोटरसाइकल र्‍यालीमा सहभागी हुन सम्पूर्ण पोखरेली, धार्मिक संघ–संस्था, युवा समूह र स्थानीयवासीलाई हार्दिक आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist