२२, बैशाख, पोखरा
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरीया टोल, पोखरा–१, कास्कीमा यस शैक्षिक बर्ष २०८२ को पहिलो शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रममा कक्षा एल.के.जी. देखि कक्षा १० सम्मका विद्यार्थीहरु अनिवार्य रुपमा सहभागी भएका थिए । उक्त कार्यक्रममा नेपाली हस्तलेखनतर्फ मा.वि.तहमा कक्षा १० की छात्रा आयुष्का पाइजा प्रथम, कक्षा ९ का छात्र विप्लव लोहनी द्वितीय र सोही कक्षाकी छात्रा प्रिस्किला तामाङ तृतीय भएका छन् । भने आधारभुत (सिनियर) तर्फ कक्षा ८ की छात्रा उपासना रेग्मी प्रथम, कक्षा ७ की छात्रा सबिता सुनार द्वितीय र सोही कक्षाकी छात्रा सुजना परियार तृतीय भएका छन् । यस्तै आधारभुत (जुनियर) तर्फ कक्षा ४ की छात्रा मौ भौमिक प्रथम, सोही कक्षाका छात्रहरु अङ्कित मन्ना द्वितीय र सङ्गम तामाङ तृतीय भएका छन् भने आधारभुततह कै (जुनियर) तर्फ कक्षा ३ की छात्रा इभानी बास्तोला प्रथम, सोही कक्षाकी छात्रा एन्जिला थापा द्वितीय र कक्षा २ की छात्रा श्रीया सवाङ्गी मग र तृतीय भएका छन् । यसैगरी पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट लियोसा के.सी. प्रथम, रिदम साह सोनार द्वितीय र आशिका लामिछाने तृतीय, कक्षा यु.के.जी.बाट निरोसा पाइजा प्रथम, युकी फगामी द्वितीय र सायरा देवकोटा तृतीय, कक्षा एल.के.जी.बाट सान्भी सुनार प्रथम, रिजन सुवेदी द्वितीय र अंशु दाहाल तृतीय भएका छन् ।
यसैगरी अङ्ग्रेजी हस्तलेखनतर्फ मा.वि.तहमा कक्षा १० की छात्रा अंशु भुजेल प्रथम, सोही कक्षाकी छात्रा प्रशंशा कार्की द्वितीय र कक्षा ९ की छात्रा मन्जिसा भुजेल तृतीय भएका छन् । भने आधारभुत (सिनियर) तर्फ कक्षा ८ की छात्रा अंकिता पौडेल प्रथम, कक्षा ७ का छात्र रोनिक गुरुङ द्वितीय र कक्षा ८ की छात्रा प्रिस्टिना रसाइली तृतीय भएका छन् । यस्तै आधारभुत (जुनियर) तर्फ कक्षा ५ का छात्र सनिश बि.क. प्रथम, कक्षा ४ की सइशा तामाङ द्वितीय र कक्षा ५ की छात्रा युनिका खनाल तृतीय भएका छन् भने आधारभुततह कै (जुनियर) तर्फ कक्षा २ का छात्र सुगम पौडेल प्रथम, कक्षा ३ की छात्रा क्रेलिसा बि.क. द्वितीय र कक्षा २ की छात्रा गरिमा चेपाङ तृतीय भएका छन् । यसैगरी पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट अनुसा रुचाल प्रथम, सनम बराइली द्वितीय र सलोम राई तृतीय, कक्षा यु.के.जी.बाट युकी फगामी प्रथम, प्रिन्जिला परियार द्वितीय र ब्रेसन थापा तृतीय, कक्षा एल.के.जी.बाट रिजन सुवेदी प्रथम, सुबासना तामाङ द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै हरेक हप्ताको शुक्रबार गरिने यस्ता विविध कार्यक्रमले विद्यार्थीहरुलाई सहयोग हुने कुरा जानकारी गराउनुभयो यस कार्यक्रमको संयोजक अनिता थापा रहेको जानकारी अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गराउनु भयो ।