Monday, May 12, 2025

आजको मिति: २०८२ बैशाख २९ ,सोमबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
Next
Prev

२५६९ औं बुद्ध जयन्तीको अवसरमा कुमुदिनी होम्समा धर्मदेशना र नैतिक शिक्षा विशेष कार्यक्रम सम्पन्न

पोखरा, २८ वैशाख ।
पोखराको गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले २५६९ औं बुद्ध जयन्तीको अवसरमा विद्यालयमा धर्मदेशना र नैतिक शिक्षाका कुराहरु समेटिएका विशेष कार्यक्रम सम्पन्न गरेको छ । बुद्धले आफ्नो जीवनकालमा मानवजातिलाई “सके राम्रो गर, नसके नराम्रो नगर” भनेर सन्देश दिएर जानुभयो । जो अहिले पनि र भोलिका लागि पनि उत्तिकै शिरोपर र मनन् गर्नुपर्ने कुरा हो । धर्मदेशनाका लागि भिक्षु धज्जवन्तोले विद्यार्थीहरुलाई सफलता मात्रे नभई उत्कृष्टता हासिल गर्नका लागि, पढाईमा अब्बल बन्नका लागि एकाग्रता हुनुपर्ने, चञ्चलतालाई हटाउनु पर्ने विधिका बारेमा प्रयोगात्मक ध्यानसहित फाईदा हुने कुराहरु व्यक्त गरे ।

भिक्षु धज्जवन्तोले साँच्चिकै मानव बन्नका लागि बुद्धले दिएका पञ्चशिलका कुराहरुले समग्र मानवजातिको कल्याणका सुरक्षाकवज भएको बताए । मानव भएपछि प्राणीको हिंसा नगर्ने शिक्षा ग्रहण गर्नुपर्छ । चोरी गर्दिन भन्ने शिक्षा ग्रहण गर्नुपर्छ । म व्यभिचार गर्दिन भन्ने शिक्षा ग्रहण गर्नुपर्छ । मैले चुरोट रक्सी, गाँजा आदि लागूपदार्थ सेवन गर्दिन भन्ने शिक्षा ग्रहण गर्नुपर्दछ । बुद्धका यी पञ्चशिलका पाँच कुराहरुलाई सदा ख्याल राखेर अगाडि बढ्न विद्यार्थीलाई आग्रह गर्दै भिक्षु धज्जवन्तोले भने, त्यसपछि तपाँई जिन्दगीमा सफलताका सिंढीहरुमा चढिरहनुहुनेछ । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखे, सञ्चालक मीना पालिखे, सहप्राचार्य मुकेश कुमार अधिकारी, मावि गणित शिक्षक मन बहादुर भुजेल, शिक्षक सुरेन्द्र सदिच्छा लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा भिक्षु धज्जवन्तेले विद्यालयमा वृक्षरोपण गरेका थिए । धागोबिना चङ्गाको उडान संभव छ त रु स् चिन्तामणी योगी धागो बिनाको चङ्गाको के काम रु चङ्गालाई सयौं माईल उड्नु छ भने उसको सहारा धागो ने हो । धागोबिना चङ्गाको उडान सम्भव छैन । धागो बलियो जरा हो । तर नाम कमाईरहेको हुन्छ चङ्गाले ।

चङ्गा मस्तसँग नाचिरहेको हुन्छ । चारैतिर फन्को मारेर उडिरहेको हुन्छ । चङ्गाको त्यो उडानलाई देखेर वाह वाह भन्नेहरको ताँती लाग्छ । फोटो खिच्ने र रमाउनेहरुको लर्को लागेको हुन्छ । तर त्यो सबैको सहारा भनेको धागो नै हो । आईतबार काठमाडौंबाट पोखरा आएका बिख्यात गुरु चिन्तामणी योगीले धागोको कथासार सुनाईरहेका थिए पोखरा गैह्रापाटनमा रहेको यस क्षेत्रको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्समा । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभई उत्कृष्टता हाँसिल गर्नका लागि तालिम गोष्ठी, सेमिनार, मोटिभेसन, उत्प्रेरणा जगाउने कार्यक्रमहरु चाहिने भएकोले निरन्तरता दिईरहेको बताए ।

उनका अनुसार बिहानको पहिलो सेसनमा २५६९ औं बुद्ध जयन्तीको अवसरमा विद्यालयमा धर्मदेशना कार्यक्रम गरेको र सोहि सन्दर्भमा गुरु चिन्तामणीलाई निम्त्याएको बताए । योगीले भन्दै थिए, जबसम्म विद्यार्थीले धागोलाई चिन्न सक्दैनन्, बुझ्न सक्दैनन्, चिन्न सक्दैनन्, मनन् गर्न सक्दैनन् र हरदिन आदरभाव प्रस्तुत गर्न सक्दैनन् उनीहरुको भविष्य बन्न सक्दैन । धागो भनेका आमा बाबा हुन् । धागो भनेका शिक्षक हुन्, गुरुहरु हुन् र हुजुर बा र हजुर आमाहरु हुन् । के उनीहरुबिना हामी चल्न सक्छौं रु उनीहरुलाई पर सारेर अगाडी बढ्न सक्छौं रु उनीहरु भएर नै त हामीले संसार देखेका हौं । शिक्षक र शिक्षासेवीहरु भएर नै त शिक्षाको उज्यालोको मार्गमा हिँड्न पाएका छौं । के उनीहरुबिनाको संसार सम्भव छ त रु त्यसैले जिन्दगी जति रमाउनु छ, प्रगति गर्नु छ, नाच्नु छ जो संसारलाई नै जित्नु छ भने हरपल धागोरुपि आमा बाबा र गुरुहरुलाई सम्मान गर्नुपर्छ ।

धागो टुटेको चङ्गाको हालत के हुन्छ रु हुरी बतास लाग्दा हालत के हुन्छ रु यसका बारेमा हामी जानकार नै छौं योगीले भने । कक्षा ८, ९ र १० का विद्यार्थीका लागि नैतिक शिक्षाका कुराहरु गर्न आएका गुरु चिन्तामणीले जहिले पनि ध्यान लगाएर काममा तल्लिन हुनुपर्ने बताए । ध्यानले सुन्ने, हेर्ने, पढ्ने, लेख्ने, आफैंले आफ्नो मूल्याङ्कन गर्ने, इमान्दार बन्ने, बोल्नु पहिले प्रयोग गरिने शव्दहरुको ख्याल गर्ने, मोबाईल ग्याजेटहरुलाई टाढै राख्ने, खुसी हुने, सकारात्मक बन्ने र सहयोगी भावना भएको हुनुपर्नेमा जोड दिए । आफ्ना कुराहरुको बिट मार्दै गर्दा गुरु योगीले दोहोर्याएर भने, मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव र गुरु देवो भव । यी कसैको मन कहिल्यै नदुखाउने मान्छे नै सर्वश्रेष्ठ हुन्छ । यिनीहरुको मन दुखाएर कहिल्यै गद्दारीको कर्म गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist