रेडक्रस दिवसको अवसर पारेर विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा युवा रेडक्रस समितीको पहलमा विविध कार्यक्रम सम्पन्न गरेको छ । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ ६१ औँ रेडक्रस दिवसमा कक्षा एकदेखि पाँच कक्षासम्म म्युजिकल चेयर खेल भएको थियो । यस कार्यक्रममा कक्षा एकबाट कृभेन्स गुरुङ प्रथम, अंश तामाङ द्वितीय र दिशन थापा तृतीय भएका छन् । कक्षा २ बाट रिदम सुनार प्रथम, गरिमा चेपाङ द्वितीय र सुभान सुवेदी तृतीय भएका छन् । कक्षा ३ बाट रञ्जन सुनार प्रथम, एञ्जिला थापा द्वितीय र साजिया क्षेत्री तृतीय भएका छन् । कक्षा ४ बाट अंकित मन्ना प्रथम, सौगात हमाल द्वितीय र आदित्य जि।सी। तृतीय भएका छन् । भने कक्षा ५ बाट सनिश बि।क। प्रथम, सबिन बि।क। द्वितीय र सुप्रम थापा तृतीय भएका छन् ।

यसैगरी कक्षा छदेखि १० सम्मका छात्रछात्राहरुबिच बास्केटलबल प्रतियोगिता सम्पन्न गरेको छ । जसमा छात्रासमूहमा हरियो सदनबाट अंशु भुजेल, बिनिसा तामाङ, प्रिस्टिना रसाइली, मेहुली मन्ना, प्रेना नेपाली र सुवदना सुवेदी प्रथम र रातो सदनबाट प्रशंशा कार्की, एस्थर तामाङ, युना रोका, अर्चना रत्न, अदिती तिमिल्सिना, श्रीषा तिमिल्सिना द्वितीय भएका छन् । त्यस्तै छात्रसमूहमा निलो सदनबाट सक्षम बास्तोला, सक्षम बज्राचार्य, इरोज आले, दिवस घिमिरे, युनिक न्यौपाने, आइसन सुनार, विनायक गिरी र सुभम सुनार प्रथम भएका छन् । यसैगरी रातो सदनबाट अस्दिप बर्देवा, प्रोसोल थजाली, सफल पुन, एलिश बाल्कोटी, सिमोन तामाङ, प्रिन्स रानामगर र कुशल लामा द्वितीय भएका छन् ।

उक्त कार्यक्रम विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो । विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागीतामा भएको सो कार्यक्रमको सञ्चालन युवा रेडक्रस सर्कलकी सचिव उपासना रेग्मीले सञ्चालन गरेकी थिईन् ।