‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकहरुको लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नवआगन्तुक शिक्षक तथा विद्यार्थीहरुलाई स्वागत गर्ने क्रममा शिक्षकको तर्फबाट सहप्राचार्य नीलकण्ठ पौडेल र विद्यार्थीको तर्फबाट कक्षा १० की छात्रा प्रशंशा कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यार्थी भाइबहिनीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए ।

विद्यार्थी तथा शिक्षकहरुबीच उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यालयले नव आगन्तुक विद्यार्थीहरुलाई विद्यालयको बारेमा विविध विषय अभिमुखिकरण गर्दै खादा तथा फुलका गुच्छाद्धारा स्वागत् गर्नु भएको थियो नवआगन्तुक विद्यार्थीका तर्फबाट कक्षा ९ का छात्र हेमन्त कोइरालाले धन्यवाद ज्ञापन गरेका थिए । यस अवसरमा विभिन्न नृत्य तथा म्युजिक प्रस्तुत गरिएको थियो। यस कार्यक्रमको सञ्चालन विद्यालय प्रमुख तथा नेपाली शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।