पोखरा, ०२ जेठ
‘‘गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तरगत चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रतियोगितामा कक्षा नर्सरीबाट इशान सुवेदी प्रथम, सनिका थापामगर द्वितीय र इज्रा तामाङ तृतीय भएका छन् । कक्षा एल.के.जी.बाट इमान थापाक्षेत्री प्रथम, विपीन रानामगर द्वितीय र नोआ गुरुङ तृतीय भएका छन् । कक्षा यु.के.जी।बाट मबेल थापामगर प्रथम, राजश्री अर्याल द्वितीय र अल्बिना तामाङ तृतीय भएका छन् । यसैगरी कक्षा एकबाट सलोम राई प्रथम, सनम बराइली द्वितीय र लियोसा के।सी। तृतीय भएका छन् । कक्षा २ बाट पारोमिता मोण्डल प्रथम, कक्षा ३ की अनिसा गुरुङ द्वितीय र कक्षा २ का एडेन गुरुङ तृतीय भएका छन् ।
कक्षा ४ बाट मौ भौमिक प्रथम, कक्षा ५ की प्रेमिका नेपाली द्वितीय र कक्षा ५ कै प्रिन्स सुनार तृतीय भएका छन् । त्यस्तै सिनियर आधारभूततर्फ कक्षा ८ की मेहुली मन्ना प्रथम, सोही कक्षाकी उपासना रेग्मी द्वितीय र कक्षा ७ की सविता सुनार तृतीय भएका छन् । मा।वि।तहमा कक्षा ९ की सुनिशा सुनार प्रथम, कक्षा १० की प्रशंशा सुनार द्वितीय र सोही कक्षाकी आरोशी देवकोटा तृतीय भएका छन् ।
शिक्षिका अनिता थापाको संयोजकत्वमा भएको उक्त प्रतियोगिताको पुरस्कार वितरण विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले गर्नुभएको थियो । भने कार्यक्रम सञ्चालन शिक्षिका माया क्षेत्रीले गर्नुभएको थियो ।