पनौती, काभ्रे
पत्रकारिताको मूलधारबाट धार्मिक नेतृत्वमा प्रवेश गरेका मुकुन्द शर्मा हुमागाईले नेपालमा धार्मिक चेतनाको नयाँ इतिहास लेखेका छन् । ७७ वटै जिल्लामा कोटिहोम रथयात्रा गर्दै, देशैभरि श्रद्धा र आस्थाको धागो गाँस्दै, उनले पहिलो राष्ट्रिय कोटिहोम सम्पन्न गराए ।

कोटिहोम सम्पन्न भएसँगै उनलाई ‘कालाग्निरुद्र पीठ’ लड्केश्वर धामको पीठाधीश पद दिइयो, जुन पद शास्त्रीय प्रमाणमा आधारित रहेको बताइन्छ । पीठाचार्य अरुणकुमार पाण्डेका अनुसार, सूर्य पुराणमै लड्केश्वरको उल्लेख छ, जसले यस धर्मयात्रालाई गहिरो मान्यता दिन्छ ।
हुमागाईको नेतृत्वमा अब दोस्रो कोटिहोमको तयारी तीव्र गतिमा अगाडि बढेको छ । यो केवल एक धार्मिक अनुष्ठान होइन, समग्र राष्ट्रलाई नै आध्यात्मिक रूपमा जोड्ने अभियान बनेको छ ।