Saturday, August 9, 2025

आजको मिति: २०८२ श्रावण २४ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
बाल मनोविज्ञान र सिकाई
पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
Next
Prev

कुमुदिनीद्वारा हिमालयन र बाराही प्रा.वि.का विद्यार्थीलाई पोशाक हस्तान्तरण

पोखरा, ४ जेठ ।

पोखरा ४ गैह्रापाटनमा रहेको प्रतिष्ठित विद्यालय कुमुदिनी होम्सले ग्रामिण क्षेत्रमा रहेका दुई विद्यालयका विद्यार्थीका लागि नयाँ शेैक्षिक सत्रका लागि ड्रेस तथा खाजा खर्च सहयोग गरेको छ । विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै बिगत १२ वर्षदेखि पोखरा महानगरपालिका वडा नं १९ पुरञ्चौरमा रहेको हिमालयन प्रा।वि तथा माछापुच्छ्रे गाउँपालिका खादरजुङमा रहेको बाराही प्रा।वि।का लागि ४३ हजार बराबरको पोशाक उपलव्ध गराएको हो ।आईतबार विद्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा संस्थापक अध्यक्ष अशोक पालिखेले उक्त सामग्री हिमालयन प्रा।वि।का प्रधानाध्यापक प्रेम कुमारी तिमिल्सिना र बाराही प्रा।वि।का प्रधानाध्यापक राम आचार्यलाई हस्तान्तरण गरे ।

समारोहमा कुमुदिनीका अध्यक्ष पालिखेले बिगतका दुबै विद्यालयको दयनीय अवश्था सम्झिदै भने, विद्यार्थी नपाएर विद्यालय नै नरहने स्थितिलाई मध्यनजर गर्दै विद्यार्थीका लागि वर्षभरि पुग्ने कापी, कलम, खाजा खर्च तथा विद्यालय पोशाक उपलव्ध गराउँदै आएको बताए ।लोटस फाउण्डेसन जर्मनीका रेनर कुबेराको सहयोगमा निरन्तर सहयोग गर्दै आएको बताए । पालिखेले विद्यार्थीलाई सानैबाट सहयोगीको भावना जागृत गराउँदै उनीहरुले पनि अभिभावकलाई भनेर १ देखि १० कक्षाका विद्यार्थीले कापी, कलम लगायतका शेैक्षिक सामग्री वितरण गर्दै आएको बताए । झोलुङ्गे पुलबाट जान असहज भएको देखेपछि हिमालयन प्रावि जानका लागि ट्रष्टको पुल बनाईदिएको, शौचालय निर्माण तथा फर्निचर सहयोग गर्दै आएको बताए ।

अध्यक्ष पालिखेले हिमालयन प्रा।वि।का २३ विद्यार्थीका लागि रु १५ हजार र बाराहीका लागि रु २८ हजार गरी ४३ हजारको विद्यालय पोशाक सहयोग गरेको बताए ।साथै उनले यस वर्षका लागि हिमालयनलाई खाजा खर्चका लागि रुपैयाँ ४० हजार तथा बाराहीका लागि रुपेैयाँ ८० हजार सहयोग गरिएको बताए ।
सहयोय पाएपछि हिमालयन प्रा।वि।का प्रधानाध्यापक प्रेम कुमारी तिमिल्सिना र बाराहीका राम आचार्यले कुमुदिनी होम्स परिवार, अध्यक्ष अशोक पालिखेको सहयोगको जति बयान गरेपनि नसकिने बताए । उहाँकै कारण विद्यालय यहाँसम्म आएको छ । यो गुणलाई कहिल्यै तिर्न सकिँदैन ।

आर्थिक अवश्था कमजोर भएका विद्यार्थीले पनि पढ्न पाउनु पर्छ र विद्यालय बचाउनु पर्छ भन्ने पालिखे सरको अग्रसरताले हामीलाई पनि प्रेरणा मिलेको बताए । आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने अपेक्षा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist