पोखरा, ९ जेठ
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कलर सेलिब्रेशन तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न गरियो ।
कलर सेलिब्रेशन कार्यक्रममा पूर्व प्रार्थमिक तहमा कक्षा नर्सरी देखि कक्षा एकसम्मका विद्यार्थीहरु रङ चिनाउने उद्देश्यले रातो रङको प्रर्दशन गरिएको छ । उक्त कक्षाका विद्यार्थीहरु तथा शिक्षकहरु रातो पोशाक लगाउनको साथै विभिन्न राता रङको शैक्षिक सामाग्री प्रर्दशन गरिएको थियो । यस्तैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा रातो (कोशी) सदन प्रथम र पहेँलो (वाग्मती) सदन द्वितीय भएका छन् । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त कार्यक्रमको विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण भएको थियो । भने यस कार्यक्रमको सञ्चालन प्रा।वि। तहकी नेपाली शिक्षिका शर्मिला शर्माले गर्नुभएको थियो ।












