Wednesday, June 25, 2025

आजको मिति: २०८२ असार ११ ,बुधबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
एसओएस हर्मन माइनर स्कुल–पोखरामा योग प्रशिक्षण
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

बिन्ध्याबासिनी माध्यमिक विद्यालय बरपाटन, पोखरा २ मा कम्प्युटर हस्तान्तरण कार्यक्रम सम्पन्न

पोखरा, जेठ

रोटरी क्लब अफ पोखरा फिस्टेल र रोटरी क्लब अफ पोखरा लेकसाइडको संयुक्त आयोजनामा श्री बिन्ध्याबासिनी माध्यमिक विद्यालय, बारपाटन, पोखरा–२ मा कम्प्युटर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा क्लबका चार साझेदार संस्थाहरू – रोटरी क्लब अफ पोखरा फिस्टेल, रोटरी क्लब अफ पोखरा लेकसाइड, एजुटेक नेपाल तथा एल्स्पेथ स्यान्डरसनको महत्वपूर्ण सहयोग रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष रोटेरियन महेश्वर पहारी र रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष रोटेरियन उपेन्द्र अधिकारीले संयुक्त रूपमा गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल(भुटानका डिष्ट्रिक्ट गभर्नर इलेक्टले सहभागी भई कम्प्युटर प्रविधिको आजको युगमा विद्यार्थीहरूको शैक्षिक विकासमा सूचना प्रविधि र कम्प्युटर प्रयोगको महत्वबारे प्रकाश पार्नुभयो।

विद्यालयका प्रधानाध्यापक बसन्त पाण्डेले स्वागत मन्तव्य दिँदै विद्यालयमा यस्ता कार्यक्रमहरू हुनु विद्यालय तथा विद्यार्थीहरूका लागि निकै फलदायी हुने बताउनुभयो। कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ पोखरा फिस्टेलका पास्ट प्रेसिडेन्ट लक्ष्मी थापा गिरिले गर्नुभएको थियो। कार्यक्रमका समन्वयकर्ता रोटेरियन राजेन्द्र लिगलले कम्प्युटर ल्याब स्थापनाको पृष्ठभूमि र यस कार्यमा विभिन्न संस्थाहरूको भूमिकाबारे जानकारी गराउँदै विद्यालयमा प्रविधिको पहुँच पु(याउन सकिएकोमा खुसी व्यक्त गर्नुभयो। प्रमुख अतिथिले देशभरका ३० वटा विद्यालयमा कम्प्युटर ल्याब स्थापनाको कार्य सम्पन्न भइसकेको जानकारी दिँदै यस प्रकारका प्रविधिमैत्री परियोजनाहरूले शिक्षाको स्तर अभिवृद्धिमा उल्लेखनीय टेवा पु(याउने बताउनुभयो।

पोखरा महानगरपालिका–२ की वडा सदस्य गोमा सुवेदी र विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गुरुङले पनि आ(आफ्नो मन्तव्य राख्दै यस परियोजनाको प्रशंसा गर्नुभयो। कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष उपेन्द्र अधिकारीले गर्नुभयो। कार्यक्रमको समापन रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष महेश्वर पहारीले गर्दै उक्त परियोजनाको दीर्घकालीन प्रभावबारे आशावादी दृष्टिकोण व्यक्त गर्नुभयो।

कार्यक्रममा स्थानीय समुदाय, शिक्षक, अभिभावक, विद्यार्थी, रोटेरियन तथा साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist