Friday, June 27, 2025

आजको मिति: २०८२ असार १३ ,शुक्रबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको शिक्षक सम्मान सम्पन्न

जुना थापा
जेठ १८, पोखरा, कास्की

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा आयोजित विस्तारित बैठक तथा शिक्षक सम्मान कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मका शिक्षक नेताहरू, सङ्गठनका पदाधिकारीहरू, शिक्षाविद्हरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीका अध्यक्ष तिर्थराज ढकालले जानकारी दिए।

कार्यक्रमको उद्घाटन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय समितिका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँवरले गर्नु भएको थियो। उद्घाटन मन्तव्यमा उहाँले शिक्षक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, वर्तमान चुनौतीहरू र भविष्यका कार्यदिशाहरूबारे प्रकाश पार्नुभयो। उहाँले सङ्गठनलाई अझ सुदृढ, समावेशी र क्रियाशील बनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो।साथै बढुवा भएका र नवनियुक्त शिक्षकहरुलाई बधाई र शुभकामना व्यक्त गर्नुभयो । उहाँले केही मानसलाई सधैँ मूर्ख बनाउन सकिने, केही मानिसलाई केही समय मूर्ख बनाउन सकिने र सबै मानिसलाई सधैँ मूर्ख बनाउन नसकिने भन्दै शिक्षकहरु कहिल्यै मूर्ख बनाउन नसकिने बौद्धिक वर्ग भएको बताए।

विशिष्ट अतिथि नेराशि संगठन राष्ट्रिय समितिका सचिव तथा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका उपाध्यक्ष रामप्रसाद पोख्रेलले शिक्षक आन्दोलन, शिक्षा ऐन, बजेटका बारेमा बोल्दै शिक्षकहरूको हकहितका मुद्दाहरू, राष्ट्रिय शिक्षा नीति र कर्मचारी समायोजनलगायतका विषयमा सरकारको बजेटमा पनि सम्बोधन भएको र शिक्षकहरुलाई निरास हुन आग्रह गरे । महासङ्घले सरकारसँग भद्र सहमति गर्ने र कार्यान्वयनका लागि पैरवी गरिरहेको तर कार्यान्वयन गर्ने सर्वाधिकार सरकारमा जाने कुरा उल्लेख गर्दै सरकारको तर्फबाट आएका प्रतिवेदनहरु सहमतिभन्दा फरक आउँदा शिक्षक नेताको गल्ति होइन सहमति कार्यान्वन नगर्ने सरकारको हुने तर केही शिक्षकहरु महासङ्घलाई र शिक्षक नेतालाई गाली गलौज गर्ने प्रवृत्ति विकास भएको भन्दै सहमति कार्यान्वयन नगर्ने पक्षलाई खबरदारी गर्न आग्रह गरे ।

नेराशि संगठन गण्डकी प्रदेशका अध्यक्ष रोमहर्षण पौडेलले जुनसुकै उद्देश्य र कार्य सफल बनाउन सहकार्य, समन्वय र सहयोगबाट मात्र सफल हुने हुनाले शिक्षा ऐन ल्याउन नेतृत्व वर्ग सरकारसँग सो मार्गमा हिँड्नुपर्ने भन्दै शिक्षकको पेसागत हकहित, अधिकारका लागि नेराशिसं सधैँ अग्रपङ्तिमा रहेर डटेर लड्ने हुँदा आम शिक्षकहरुलाई निरास नहुन आग्रह गरे । पौडेलले सङ्गठनले आगामी रणनीति तय गर्ने, संगठनको कार्यशैलीलाई समयानुकूल सुधार गर्ने तथा सदस्यहरूबीचको एकता बलियो बनाउने साथै, शिक्षकहरूको पेसागत सुरक्षा, मर्यादा र अधिकारका पक्षमा दृढतापूर्वक लागिरहने प्रतिबद्धता जनाए।

कार्यक्रमको विशेष आकर्षणको रूपमा मावि, निमावि,प्रावि तहमा आन्तरिक कार्यसम्पादन मूल्याङ्कन (७५%) र आन्तरिक प्रतिस्पर्धा(२५%) मा बढुवा भएका शिक्षक र शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी स्थायी शिक्षक नियुक्ति लिएका नव शिक्षकहरुलाई अविर, खादा र सम्मानपत्रले सम्मान गरिएको थियो। त्यस्तै शिक्षक महासङ्घको जिल्ला तथा ५ वटै पालिकामा नेराशिसंका नेतृत्व र समूहकृत भएका शिक्षक र प्रधानाध्यापक सङ्घ नेपाल (पान) मा नेतृत्वमा गएका नेराशिसंका शिक्षकहरुलाई पनि बधाई, शुभकामना तथा टीका र खादाले सम्मान गरिएको सचिव दामोदर तिमिल्सिनाले बताए ।

अतिथि तथा शिक्षक नेताहरु लोचना अधिकारी, जगन्नाथ अधिकारी, बसन्धरा पौडेल, गुरुदत्त कोइराला, यामनारायण लामिछाने, हर्कबहादुर लामिछानेलगायतले शिक्षकहरूको भूमिका राष्ट्रनिर्माणमा अतुलनीय रहेको उल्लेख गर्दै संघीय संरचनामा शिक्षाको गुणस्तर र पहुँच सुनिश्चित गर्न शिक्षकको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा राखे र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको यो कार्यक्रमले संगठनात्मक सुदृढीकरणका साथै शिक्षकहरूको मनोबल अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेराशिसं कास्कीका अध्यक्ष तिर्थराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दामोदर तिमिल्सिनाले, स्वागत मन्तव्य सहसचिव जुना थापाले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधव पहारीले र धन्यवाद ज्ञापन सहकोषाध्यक्ष शान्ता पराजुलीले गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist