१९, जेठ पोखरा,कास्की ।
पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आजदेखि निशुल्क एक हप्ते होटल तालिम सुरु भएको छ। एस.इ.इ. दिएर बसेका होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी तालिमको आयोजना गरिएको कुरा संस्थापक अध्यक्ष अशोक पालिखेले बताउनुभयो । पोखरा उपत्यकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरू पर्वत , स्याङ्जा , तनहुँ र गोर्खा जिल्लाका जम्मा ६१ जना विद्यार्थीहरू तालिममा सहभागी भएका छन् ।

तालिम अवधिभरि विद्यार्थीहरूले कुकिङ एण्ड बेकिङ , बार एण्ड मक्टेल मेकिङ, फुड एण्ड बेभ्रेज सर्भिस लगायतका विभिन्न विषयमा आधारित भएर तालिम सञ्चालन गरिएको कुरा व्यवस्थापन संकाय संयोजक विकाश ढुङ्गानाले जानकारी दिनुभयो ।तालिममा होटल म्यानेजमेन्ट शिक्षकहरू सन्दिप थापा , शिवराज काफ्ले र फुड प्रोडक्सन इन्सटक्टर अरुण मानन्धरले सहजीकरण गर्ने कुरा शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।
