कक्षाकोठालाई सिकाई मैत्री तथा शैक्षिक वातावरणमय बनाउन कक्षागत रुपमा कक्षाकोठा सजावट प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यार्थी तथा विषयगत शिक्षकको सयुक्त प्रयासबाट पाठ्यपुस्तकमा भएका सिकाई क्रियाकलापहरुको विभिन्न सामाग्री निमार्ण गरि कक्षा सजावट गरिएको थियो । कक्षा १ देखि कक्षा १० सम्म नै सञ्चालन गरिएको कार्यक्रम ३ तहमा वर्गीकरण गरी प्रथम हुनेलाई पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रममा कक्षा १ देखि कक्षा ३ सम्मको पहिलो तहमा कक्षा २ प्रथम भएको छ ।
कक्षा ४ देखि कक्षा ७ सम्मको दोस्रो तहमा कक्षा ६ प्रथम भएको छ भने कक्षा ८ देखि कक्षा १० सम्मको तेस्रो तहमा कक्षा ८ ले प्रथम स्थान ओगट्न सफल भएको छ । उक्त प्रतियोगिताको नतिजा प्राचार्य कृष्णकुमार श्रेष्ठले सुनाउनु भएको थियो भने पुरस्कार वितरण निर्णायक समितिका सदस्य द्वय होमराज अधिकारी र शान्ति रानाले गर्नुभएको थियो ।