Saturday, June 28, 2025

आजको मिति: २०८२ असार १४ ,शनिबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
एसओएस हर्मन माइनर स्कुल–पोखरामा योग प्रशिक्षण
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

वातावरण दिवसको अवसरमा एसओएस हरमन माइनर विद्यालय गण्डकीमा वृक्षारोपण र सरसफाई

पोखरा २२ जेठ ।
विश्‍व वातावरण दिवसको अवसरमा पारेर एसओएस हरमन माइनर विद्यालय गण्डकीमा कार्यरत पर्यावरण क्लवको संयोजनमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरिएको छ । प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्‍व वातावरण दिवसका सन्दर्भमा यस वर्ष “प्लाष्टिक प्रदुषर्ण बिरूद्ध लागौं” भन्‍ने नारा तय गरिएको थियो । गत वर्षबाट पोखरा माटेपानी स्थित ग्रिन रोड सँगको सहकार्यमा फोहोर बर्गीकरण र व्यवस्थापनको कार्य गरिरहेको बिद्यालयले “हरित विद्यालय परियोजना” अन्‍तर्गत बिभिन्‍न जनचेतनामूलक कार्य गर्दै आएको विद्यालयका प्राचार्य चूडामणि सुवेदीले बताए ।

विद्यालयमा सिकेको कुरालाई व्यवहारिक रूपमा घरमा र समुदायमा प्रयोग गर्नु पर्ने कुरामा जोड दिँदै आगामी दिनमा विद्यालयमा क्रियाशिल “पर्यावरण क्लव” थप क्रियाशिल हुनुपर्ने कुरा विद्यालयका सहायक प्राचार्य बीरसिंह बुढाले बताए । यसै क्रमममा कक्षा ६ देखि ८ सम्मका साथै “पर्यावरण क्लव” का विद्यार्थीहरूले विद्यालय परिसरमा बिभिन्‍न प्रजातीका बिरूवाहरू रोपे । विश्‍व वातावरण दिवसको अवसरमा यो पबित्र कार्यमा सहभागी हुनपाएकोमा प्रशन्‍नता व्यक्त गरिन् कक्षा ६ मा अध्ययनरत छात्रा सिजल खातिले ।

उक्त सरसफाई तथा बृक्षारोपण कार्यक्रममा शिक्षक, कर्मचारी तथा बिद्यार्थीहरूको स्वतः स्फूर्त सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist