Thursday, June 26, 2025

आजको मिति: २०८२ असार १२ ,बिहीबार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
एसओएस हर्मन माइनर स्कुल–पोखरामा योग प्रशिक्षण
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

विश्व वातावरण दिवसको अवसरमा सिद्ध वनवाटिकामा वृक्षरोपण सम्पन्न

जुना थापा
२२ जेठ, पोखरा

विश्व वातावरण दिवसको अवसरमा सिद्ध मावि पोखरा १५, फलेपाटनले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सिद्ध मावि, डिभिजन वन कार्यालय, कास्की र नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा श्री सिद्ध वनवाटिका वृक्षरोपण स्थल पोखरा १५, रातीखहरेमा वृक्षरोपण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले बताए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले वातावरण प्रदूषण गरी जलवायु परिवर्तन गर्नमा औद्योगिक राष्टहरु प्रमुख दोषी भए तापनि त्यसको असर भने प्रदूषणमा खासै भूमिका नखेलेका राष्टले पनि भोग्नुपरेको बताए । नेपाल हिमाली देश भएकाले जलवायु परिवर्तनको असर भोग्ने जोखिमयुक्त देश भएकाले यसबाट बच्नका लागि एकजुट भएर लाग्नुपर्ने बताए । त्यस्तै औद्योगिक तथा सम्पन्न देशले जोखिम न्यूनीकरण गर्नका लागि फण्ड जम्मा गर्ने र सो रकम जोखिमयुक्त देशलाई सहयोग गर्नुपर्ने भन्दै यसका बारेमा राज्यले नै पहल गर्नुपर्ने बताए ।

वनकार्यालयका सचिव जिवनाथ पौडेलले विश्व वातावरण दिवसको यस वर्षको नारा नै प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व भएकाले अब संसारलाई जोगाउन रुखबिरुवा रोप्नु, संरक्षण गर्नुका साथसाथै प्लाष्टिक जन्य वस्तुहरुलाई ५ आर अर्थात् रिड्युस, रिफ्युज, रियुज, रिसाइकल र रि थिंक गर्नुपने बताए । प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्‍व वातावरण दिवसका सन्दर्भमा यस वर्ष “प्लाष्टिक प्रदुषर्ण बिरूद्ध लागौं” भन्‍ने नारा तय गरिएको थियो

पोखरा महानगरपालिका वडा नं.१५ का अध्यक्ष तोरण बानियाँले पृथ्वी मानवको घर भएकाले आफ्नो बचाउने दायित्व पनि मानवकै भएकाले वरपरको वातावरण आफैले सफा राख्ने, संरक्षण गर्नुपर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेलले शिक्षाको गुणस्तर सुधारका साथसाथै सामाजिक दायित्व पूरा गर्न हेतु २०७६ मा विद्यालयकै नाममा पोनपा वडा नं। १५ रातीखहरेमा सिद्ध वनवाटिका वृक्षरोपण स्थल स्थापना गरेको बताए ।

एक व्यक्तिः ३ बिरुवा भन्ने मूल नाराका साथ गरिएको वृक्षरोपण कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी नायव निरीक्षक कृष्णबहादुर कार्की, गण्डकी वन विज्ञान अध्ययन संस्थान क्याम्पसका प्रमुख नारायण गौतम, नेपाल रेडक्रस सोसाइटी नेरेसो उपशाखा १५ का सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, प्रहरी र विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न १५० वटा बिरुवाहरु रोपिएको थियो । विव्यसका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल वन प्राविधिक संघ गण्डकी प्रदेशका अध्यक्ष गणेशबहादुर कार्कीले स्वागत मन्तव्य र प्रधानाध्यापक गुरुदत्त कोइरालाले सञ्चालन गरेका राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist