पोखरा २२, जेठ
विश्व वातावरण दिवसको अवसर पारेर विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ मनाइएको विश्व वातावरण दिवसमा विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागीतामा विन्दबासिनी मन्दिर परिषरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । साथै मोहरिया टोल क्षेत्र र विद्यालय परिसरमा पनि सरसफाइ तथा फूलका बिरुवाहरु रोपेर वातावरण दिवस मनाइयो । यसै सन्दर्भमा विद्यार्थीहरुले विभिन्न आफ्ना भनाईहरु पनि प्रस्तुत गरेका थिए । प्रत्येक वर्षको जुन ५ मा मनाइने विश्व वातावरण दिवसका सन्दर्भमा यस वर्ष “प्लाष्टिक प्रदुषर्ण बिरूद्ध लागौं” भन्ने नारा तय गरिएको थियो ।

यसैगरी कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुबिच विश्व वातावरण दिवसको थिममा चित्रकला प्रतियोगिता कार्यक्रम पनि सम्पन्न गरेको छ । जसमा कक्षा ७ की सृष्टिका कोइराला प्रथम , कक्षा ८ का छात्रा उपासना रेग्मी द्वितीय र कक्षा ८ का छात्र नोआ ब्रमशा तृतीय भएका छन् । उक्त प्रतियोगिताको निर्णायकको भूमिका कला शिक्षिका अनिता थापाले गर्नुभएको थियो । पुरस्कार वितरण प्राचार्य कृष्णकुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गर्नुभएको थियो ।