पोखरा २३, जेठ ।
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न गरियो । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा रातो सदनबाट कक्षा ८ का छात्र विनायक गिरी, कक्षा ७ का आदित्य लम्साल, कक्षा ६ का छात्राद्वय रुपा ठकुरी र अदिती तिमिल्सिना प्रथम र पहेँलो सदनबाट कक्षा ८ की छात्रा अंकिता पौडेल, कक्षा ८ कै छात्र असिम अधिकारी, कक्षा ७ की छात्रा सृष्टिका कोइराला र कक्षा ६ की छात्रा साधना गिरी द्वितीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाई तथा खेलकुद सबैमा उत्तिकै लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमहरु हरेक शुक्रबार हुने कुरा जानकारी गराउनुभयो । कार्यक्रममा हिज्जेकर्ता अङ्ग्रेजी शिक्षक होमराज अधिकारीले गर्नुभएको थियो । समय व्यवस्थापन योगेश कार्कीले गर्नुभएको थियो । भने नम्बर स्कोरर माया क्षेत्रीले गर्नुभएको थियो । यस कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गर्नुभएको थियो ।