Sunday, June 29, 2025

आजको मिति: २०८२ असार १५ ,आईतवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
विन्ध्येश्वरीमा चेस प्रतियोगिता सम्पन्न
सहकारी स्तरीकरण “प्रोटेक्ट” कार्यक्रम
Next
Prev

कोटिहोममा एकै दिन झन्डै ५ लाख भक्तजनको उपस्थिति, २१ करोड दीप प्रज्वलन

पोखरा जेठ, २४ ।

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागी अहिले सम्मकै ऐतिहासिक रहेको छ । नेपालमा हुने जुन सुकै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अहिले सम्म यत्तिको उपस्थित भएको छैन । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार शनिवार देशभरका झन्डै ५ लाख भक्तजनले कोटिहोम दर्शन गरेका छन् । भक्तजनको उपस्थितिले यति वेला पोखरा जारी कोटिहोम ऐतिहासिक अद्धितिय र अविस्मरणीय वनेको छ । कोटिहोममा देशभर भरबाट आएका भक्तजनले महायज्ञ स्थल खचाखच भएको थियो । जसले गर्दा आयोजकलाई महायज्ञमा उपस्थित भक्तजन व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो। भक्तजनको भिडलाई आयोजकले कुशलता पूर्वक व्यवस्थापन गरेको थियो । कोटिहोममा आएका भक्तजनले अहिले सम्म यति ठुलो उपस्थिति नदेखेको भन्दै अचम्मित भएका थिए ।

कोटिहोम दर्शन गर्न आउने भक्तजनको भिडले पोखराको यातायात सेवा नै प्रभावित भएको थियो। जसले गर्दा जिल्ला ट्राफिक कार्यालय कास्की बाट खटिएका ट्राफिकलाई यातायात व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । आज निर्जला एकादशी त्यस माथि आज नै २१ करोड दीप प्रज्वलन भएका कारण पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । बिहान १० बजे ज्योति भिजाएर साँझ ६ बजे २१ करोड दीप प्रज्वलन गरिएको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले थापाले जानकारी दिए । कोटिहोममा आउने प्राय भक्तजनका हातमा ज्योति भेटिन्थ्यो । यति ठुलो दीप प्रज्वलन सम्भवतः हालसम्म कहीँ पनि नभएको आयोजकको दाबी छ । कोटिहोममा शनिवार प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुतिले पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको थियो । दैनिक रूपमा महायज्ञमा हुने विभिन्न धार्मिक गतिविधि तथा राष्ट्रिय स्तरका कलकारहरूको प्रस्तुतिले पनि भक्तजनको आगमनलाई बढाएको छ ।

कोटिहोममा भागवत मञ्जरी राधिका दासी आज क्षेत्री समुदायको पोसाकमा कथा वाचन गरेकी छन् । भागवत मञ्जरी राधिका दासी गत सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरेसँगै आज क्षेत्री समुदायको पोसाक गुन्यो चोलीमा आएर कथा वाचन गरेकी हुन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले विभिन्न समुदायको पहिरनमा रहेर कथा वाचन गर्ने गरेकी छन् । भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् । उनले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिए । यसअघि जेठ २६ सम्म सञ्चालन हुने कोटीहोमको समयावधि थप गरेर ३१ गतेसम्म पु¥याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist