पोखरा ३१, जेठ ।
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न गरियो । अंग्रेजी हिज्जे प्रतियोगितामा जुनियर आधारभुत तहमा रातोसदनबाट कक्षा ४ का छात्र अंकित मन्ना, सोही कक्षाकी छात्रा अनुस्का अधिकारी र कक्षा ५ का छात्र सखिम बास्तोला प्रथम र पहेँलो सदनबाट कक्षा ५ की छात्रा दीया क्षेत्री, कक्षा ४ का छात्र सौगात हमाल र सोही कक्षाकी छात्रा सइशा तामाङ द्वितीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाई तथा खेलकुद सबैमा उत्तिकै लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमहरु हरेक शुक्रबार हुने कुरा जानकारी गराउनुभयो । कार्यक्रममा हिज्जेकर्ता अङ्ग्रेजी शिक्षिका अनिता थापाले गर्नुभएको थियो । समय व्यवस्थापन शर्मिला शर्माले गर्नुभएको थियो । भने नम्बर स्कोरर रोजिना लगुनले गर्नुभएको थियो ।