पोखरा ११ असार ।
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत चेस प्रतियोगिता सम्पन्न गरियो । यस चेस प्रतियोगितामा जुनियर आधारभुत तहदेखि मा. वि. तहसम्मका करिब ४५ जना विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा छात्रातर्फ कक्षा ७ की आयुष्मा भुजेल प्रथम र कक्षा ८ की प्रिष्टिना रसाइली द्वितीय भएका छन् । त्यसैगरी छात्रतर्फ कक्षा ७ का आदित्य लम्साल प्रथम र कक्षा ९ का दिवस घिमिरे द्वितीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाई तथा खेलकुद सबैमा उत्तिकै लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमहरु हरेक शुक्रबार हुने कुरा जानकारी गराउनुभयो । कार्यक्रममा निर्णायकको भूमिका सहप्राचार्य नीलकण्ठ पौडेलले गर्नुभएको थियो ।