९,भाद्र पोखरा ।
पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसार नृत्य प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको थियो। जसअन्तर्गत ६ गते शुक्रवार सम्पन्न भएको प्रतियोगितामा आधारभूत तह ( ६ देखी ८) मा अश्लेषा सुवेदी प्रथम , सरगम क्षेत्री द्वितीय र गुराँस कार्की तृतीय भएका थिए । त्यस्तै माध्यमिक तह अन्तर्गत विज्ञान संकाय कक्षा १२ की एरिन गुरुङ प्रथम, व्यवस्थापन संकाय कक्षा १२ की अप्सरा पुन द्वितीय र कक्षा १० की कास्मिन मगर तृतीय भएका थिए । त्यस्तै आइतवार भएको प्रतियोगितामा कक्षा १ र २ अन्तर्गत योना पुन प्रथम , प्रनिशा गुरुङ द्वितीय र जुलियन पुन, दिभान्स थापा र रिदम पुनको समूह तृतीय भएका छन्। कक्षा ३,४ र ५ अन्तर्गत काव्या गुरुङ प्रथम , एल्विना थापा द्वितीय र दित्त्या अधिकारी तृतीय भएका छन् ।

प्रतियोगितामा हिमाली साँस्कृतिक परिवारका मानार्थ सदस्य वरिष्ठ कलाकार बुद्धिप्रसाद गुरुङ (गौरी), महिला उपाध्यक्ष मनसुबा नेपाली, सचिव डबिन गुरुङ र नृत्य संयोजक संगीता आले र कार्यसमिति सदस्य ईश्वरी राना गुरुङ निर्णायकको भूमिका निभाएका थिए । नृत्य प्रतियोगिता अवधिभर १३५ जना विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका कुरा कार्यक्रम संयोजक नृत्य शिक्षिका सजिना गुरुङले जानकारी दिइन् । विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, ट्रफी र नगदले पुरस्कृत गरिएको थियो । कार्यक्रम सञ्चालन शिक्षिका चन्दना गुरुङले गरेकी थिइन् ।
