‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा मा.वि.स्तरीय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरियो । हिज्जे कार्यक्रममा निलो सदनबाट कक्षा १० की छात्रा आयुष्का पाइजा, कक्षा ९ की एस्थर तामाङ, कक्षा ८ की उपासना रेग्मी र कक्षा ७ की सविता सुनार प्रथम र हरियो सदनबाट कक्षा १० की छात्रा अंशु भुजेल, कक्षा ९ का छात्रा प्रिस्किला तामाङ, कक्षा ८ की छात्रा मेहुली मन्ना र कक्षा ७ का छात्र पेरिस पौडेल द्वितीय भएका छन् ।
कार्यक्रममा १६ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगिताको हिज्जेकर्ता नेपाली शिक्षिका माया क्षेत्री रहनुभएको थियो । साथै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ तथा सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । भने यस कार्यक्रमको सञ्चालन विद्यालय संयोजक माया क्षेत्रीले गर्नुभएको थियो ।