‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा आधारभूत तहमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न गरियो । हिज्जे कार्यक्रममा रातो सदनबाट कक्षा ५ का छात्र सखिम बास्तोला, कक्षा ४ का छात्रछात्राद्वय अंकित मन्ना र अनुस्का अधिकारी र कक्षा ३ की छात्रा एञ्जिला थापा प्रथम र निलो सदनबाट कक्षा ५ का छात्रछात्राद्वय युनिका खनाल र सुप्रम थापा, कक्षा ४ का छात्र आयान श्रेष्ठ, र कक्षा ३ की छात्रा दिपिसा न्यौपाने द्वितीय भएका छन् । यस कार्यक्रममा करिब १६ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
प्रतियोगिताको हिज्जेकर्ता नेपाली शिक्षिका शर्मिला शर्मा रहनुभएको थियो । विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेल र लेखा शाखा प्रमुख यमलाल भट्टराईले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । भने यस कार्यक्रमको सञ्चालन विद्यालय प्रमुख माया क्षेत्रीले गर्नुभएको थियो ।