Monday, August 25, 2025

आजको मिति: २०८२ भाद्र ९ ,सोमबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
कुमुदिनी होम्समा नृत्य प्रतियोगिता सम्पन्न
बाल मनोविज्ञान र सिकाई
Next
Prev

विन्ध्येश्वरी आदर्श स्कुलमा तीज गीत प्रतियोगिता सम्पन्न

‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरियाटोल, पोखरा–१, कास्कीमा तीजको अवसर पारेर तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न गरियो । मौलिकता जोगाउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरुले आफैँ गीत गाउने र बजाउने गरेका थिए । आधारभूत र मा।वि। तह गरी दुई तहमा गरिएको उक्त कार्यक्रमा करीब २० समूहले भाग लिएका थिए ।

आधारभूत जुनियरमा कक्षा १ देखि ५ तर्फबाट कक्षा ५ मा अध्ययनरत छात्रछात्राहरु युनिका खनालको समूह प्रथम, कक्षा ४ की छात्रा काव्या बि।क। द्वितीय, कक्षा १ की लियोसा के।सी।को समूह तृतीय र कक्षा ३ की छात्रा बिपासा मल्लले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । यसैगरी कक्षा ६ देखि १० तर्फबाट कक्षा ९ मा अध्ययनरत छात्रछात्राहरु एस्थर तामाङको समूह प्रथम र कक्षा १० मा अध्ययनरत छात्रछात्राहरु प्रशंशा कार्कीको समूहले द्वितीय स्थान प्राप्त गरेका थिए ।

विजेतालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै विद्यालयका प्राचार्य तथा यस कार्यक्रमका सभापति कृष्णकुमार श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरुका शैक्षिक, सामाजिक, व्यक्तिगत तथा बौद्धिक विकासमा सहयोग पु¥याउनुका साथै उनीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन हुने कुरा बताउनुभएको थियो । जोजिजू म्युजिक सेन्टरकी व्यवस्थापक सोनु जोजिजूको आतिथ्यमा सम्पन्न यस कार्यक्रमको निर्णायक मण्डलमा स्कुलकी नृत्य शिक्षिका रन्जु बयलकोटी र अतिथि जोजिजू रहनुभएको थियो । भने कार्यक्रम सञ्चालन विद्यालय प्रमुख माया क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist