पोखरा, भदौ २१ गते
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा ६ – १० सम्मका विद्यार्थीहरुका बिच ग्लोबल क्वीज प्रतियोगिता सम्पन्न गरियो । यस ग्लोबल क्वीज प्रतियोगितामा पहेँलो सदनबाट कक्षा ९ का छात्राद्वय मन्जिसा भुजेल र सृष्टि खड्का, कक्षा ८ का छात्रछात्रा अंकिता पौडेल र असिम अधिकारी प्रथम र रातो सदनबाट कक्षा १० की छात्रा प्रशंशा कार्की, कक्षा ९ का छात्र दिवस घिमिरे, कक्षा ७ का छात्र आदित्य लम्साल र कक्षा ६ की छात्रा अदिती तिमिल्सिना द्वितीय भएका छन् ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमले सहयोग हुने कुरा जानकारी गराउनुभयो । भने यस कार्यक्रमको सञ्चालन अतिरिक्ति क्रियाकलाप प्रमुख राजु बयलकोटीले गर्नुभएको थियो ।