Sunday, September 7, 2025

आजको मिति: २०८२ भाद्र २२ ,आईतवार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
Annual Work Plan Construction Workshop at Kalika Multiple Campus
Next
Prev

कालिका बहुमुखी क्याम्पसमा वार्षिक कार्ययोजना निर्माण कार्यशाला सम्पन्न

पोखरा, भदौ २२ ।
पोखरा–१४, काजिपोखरीस्थित कालिका बहुमुखी क्याम्पसको शिक्षा विभागले “वार्षिक कार्ययोजना निर्माण” विषयक कार्यशाला सम्पन्न गरेको छ । नेपालका सामुदायिक क्याम्पसहरू मध्ये शैक्षिक, अनुसन्धानात्मक, व्यावसायिक र व्यवहारिक गतिविधिका दृष्टिले अग्रणी मानिने कालिका बहुमुखी क्याम्पसको यस कार्यशालालाई विभागीय नेतृत्व र सम्पूर्ण शैक्षिक परिवारको साझा प्रतिबद्धताका रूपमा लिइएको छ । कार्यक्रमको अध्यक्षता शिक्षा विभागका प्रमुख लोकनाथ सुवेदीले गर्नुभयो । प्रमुख अतिथि क्याम्पस प्रमुख सह–प्राध्यापक बीरनजी गौतम रहनुभएको सो कार्यक्रममा श्रोत व्यक्ति कालिका बहुमुखी क्याम्पस तथा पृथ्वीनारायण क्याम्पसका उप–प्राध्यापक यादवराज अधिकारीले सहजीकरण गर्नुभएको थियो । सहायक–क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना र युवराज गुरुङ, क्याम्पसका सम्पूर्ण बिभागका बिभागीय सदस्यहरू तथा प्रमुख प्रशासक हुकुमराज थापा लगायतको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस प्रमुख गौतमले बिभागीय प्रमुख लोकनाथ सुबेदीको नेतृत्वमा रहेर शिक्षा विभागले निरन्तर नेतृत्वदायी भूमिकामा रहँदै नवीन शैक्षिक एवम् व्यवहारिक ज्ञानका अभ्यासहरू अघि बढाइरहेकोमा प्रशंसा गर्नुभयो । उहाँले शिक्षा विभागका गतिविधि सम्पूर्ण क्याम्पसका लागि अनुसरणिय रहेको उल्लेख गर्दै अन्य संकायहरूले पनि यसबाट सिकेर कार्यक्षेत्रमा लागू गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै शिक्षा विभागले देखाएको प्रतिबद्धता र योजनाबद्धता क्याम्पसको समग्र उन्नतिसँग प्रत्यक्षरूपमा जोडिएको उल्लेख गर्दै सम्पूर्ण विभागीय सदस्यहरु प्रति आभार व्यक्त गर्नुभयो । स्वागत मन्तव्यका क्रममा अध्यक्ष सुवेदीले शिक्षा विभागले वार्षिक कार्यक्रम अन्तर्गत विविध शैक्षिक र व्यावहारिक ज्ञान प्रदान गर्नको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले विभागीय प्रयासलाई अझ प्रभावकारी र दूरदर्शी बनाउन कार्यशाला महत्वपूर्ण हुने धारणा राख्दै आगामी दिनमा अनुसन्धानात्मक लेख लेखन कार्यशाला, ल्यल(ऋचभमष्त ऋयगचकभ अन्तर्गत मन्टेश्वरी तालिम तथा शिक्षण पद्धति आदान–प्रदान कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यशालामा श्रोत व्यक्ति अधिकारीले सहजीकरण गर्नुभएको थियो । उहाँले कार्ययोजनाको महत्वबारे व्याख्या गर्दै यसले विभागीय कार्यक्रमहरूलाई स्पष्ट दिशा र परिणाममुखी दृष्टिकोण दिन सक्ने कुरा औंल्याउनुभयो । उहाँका अनुसार स्पष्ट कार्ययोजनाविना सञ्चालन गरिएका गतिविधि दीर्घकालीन रूपमा सफल हुन कठिन हुन्छन् । साथै उहाँले लक्ष्य निर्धारण, प्राथमिकता छनोट, स्रोतहरूको पहिचान, कार्यान्वयन चरण र मूल्याङ्कन प्रक्रियासम्मका विधि प्रस्तुत गर्नुभयो । कार्यक्रमको सञ्चालन सह–प्राध्यापक राजेश्वर शर्माले गर्नुभएको थियो भने सफल समन्वय तथा प्राविधिक सहयोग प्रमुख प्रशासक हुकुमराज थापा र पुष्पराज तिमिल्सिनाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist