Sunday, September 14, 2025

आजको मिति: २०८२ भाद्र २९ ,आईतवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
पत्रकार आरजूको जन्मदिनमा रक्तदान
Annual Work Plan Construction Workshop at Kalika Multiple Campus
Next
Prev

पत्रकार आरजूको जन्मदिनमा रक्तदान

पोखरा, २९ भदौ ।
पोखराका क्रियाशिल पत्रकार आरजू बिष्ट सल्यानीको जन्मदिनको अवसरमा उनले आईतबार रक्तदान गरेका छन् । उनको २५ औं पटकको रक्तदान हो । रेडक्रस कास्कीमा आयोजना गरिएको कार्यक्रममा २५ औं पटकको रक्तदान गरेका बिष्टले २०५० सालमा पहिलो पटक रेडक्रस काठमाडौंले आयोजना गरेको कार्यक्रममा रक्तदान गरेका सुनाए । मानव जीवन बचाउने कार्यमा रगतको महत्वपूर्ण भूमिका हुन्छ । जोखिममा परेको जो कसैको जीवन बचाउन रगतको सट्टामा रगत नै चाहिन्छ । रेडक्रस कास्कीका सभापति उर्मिला खड्काले प्रदेशमा रगत निःशुल्क रुपमा उपलव्ध गराइरहेको बताईन् । उनले यस अभियानमा २०५८ सालमा जोडिएको रेडियो अन्नपूर्ण, आरजू जी र यहाँका पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताइन् । तपाँईहरुको सहयोगले नै कास्की रेडक्रस सामाजिक सेवाका हिसाबले देशभरमै उत्कृष्ट पनि भईसकेको उनले बताईन् । ८२ औं पटक रक्तदान गरिसकेका रक्तदाता अभियन्ता कृष्ण थापाले जन्मदिनको अवसरमा सबैले रक्तदान गर्न सके जन्मदिनमा अरु कार्य गर्न नपर्ने बताए ।

८ औं पटक रक्तदान गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी महासचिव जमुना शर्मा वर्षाले रेडक्रसको मानविय सेवासंगै रक्तदान र जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गरेको बताईन् । यस अभियानमा आमसञ्चार जोडिएर सचेतिकरणमा जोड दिनुपर्ने बताईन् । १५औं पटक रक्तदान गर्दै मेरिल्याण्ड किड्स मन्टेश्वरी पोखरा १५, मिलनमार्गका संस्थापक प्रिन्सिपल सीता तिमिल्सिना सुबेदीले सम्पूर्ण सचेत नागरिकले आफ्नो जन्मदिनको अवसरमा रक्तदान गरि मानव कल्याणको कार्यमा योगदान गर्नुपर्ने बताइन । उनले यसलाई अभियानका रुपमा अगाडि बढाउन रेडक्रसलाई सुझाव दिइन । रेडक्रस कास्कीको योजनाबारे जानकारी गराउदै मन्त्री सन्तोष अधिकारीले मानविय सेवाको क्षेत्रमा रेडक्रस अब्बल संस्थाको रुपमा रहेको बताए । उनले सो अवसरमा रेडक्रसले आपतविपदको बेला, विपद हुनु पहिले र बिपदपछिका दिनहरुमा गर्नुपर्ने कामका लागि प्रतिकार्य सम्बन्धि सचेतनाका कार्यक्रमहरु गर्दै आएको बताए । रक्त सञ्चिार सेवा गण्डकीका प्रमुख अर्जुन ज्ञवालीले १८ वर्ष पुगेका, ४५ केजि तौल भएका महिला पुरुषले नियमित रक्तदान गरे आफु पनि स्वस्थ भईने र अरुको जीवन बचाउन सकिने भएको यो जस्तो पुन्यको काम अर्को नभएको बताए ।

पोखरामा हाल रगतको खपतमा खासै समस्या नभएपनि बेला बखतका घटनाक्रममा रगतको माग बढी हुने भएकोले रक्तदान गर्न ज्ञवालीले आग्रह गरे । सिर्जनाचोकमा रहेको रेडक्रसमा अत्याधुनिक रक्त संकलन केन्द्र स्थापना गरिएको र दैनिक रुपमा आएर रक्तदान गर्न सकिने सुविधा रहेको बताए । उनले सो अवसरमा कसैको न कसैको हरेक दिन जन्मदिन पर्ने भएकोले रक्तदान गरेर जन्मोत्सव मनाउन अनुरोध पनि गरे । अहिले हरेक दिन २५ युनिट रगत संकलनको आवश्यक्ता रहेको बताए । कार्यक्रममा रेडक्रसकर्मिहरु, महिला उपसभापति रमा कोईराला, कोषाध्यक्ष मोहनसिंह खड्का, उपमन्त्रि दिल्लिराम वराल, उपकोषाध्यक्ष कालिदास सापकोटा, सदस्य खगेन्द्र पराजुली, पार्वती कार्कि, कमलप्रसाद पौडेल, आरदायूका अभियन्ता हरिश्चन्द्र शर्मा, पत्रकार श्याम कुँवर, रोजी श्रेष्ठ, सविन रेग्मी, तीर्थ केसी, तारा पौडेल, शुसिल श्रेष्ठ, कमलराज खनाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम रक्तदान अभियन्ता कृष्ण थापाले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist