‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल, मोहरिया टोल, पोखरा–१, कास्कीमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अङ्ग्रेजी स्कील टेष्ट कार्यक्रम सम्पन्न गरियो । मा. वि. तहमा गरिएको उक्त कार्यक्रममा हरियो सदनबाट कक्षा १० मा अध्ययनरत छात्र श्रीष बुद्धाचार्य, कक्षा ९ मा अध्ययनरत छात्रा प्रिस्किला तामाङ र कक्षा ८ मा अध्ययनरत छात्रा मेहुली मन्ना प्रथम र रातो सदनबाट कक्षा १० मा अध्ययनरत छात्रा प्रशंशा कार्की, कक्षा ९ मा अध्ययनरत छात्र दिवस घिमिरे र कक्षा ८ मा अध्ययनरत छात्र विनायक गिरी द्वितीय भएका छन् ।
विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । भने यस कार्यक्रमको सञ्चालन अङ्ग्रेजी शिक्षक होमराज अधिकारीले गर्नुभएको थियो साथै अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले सहजीकरण गर्नुभएको थियो ।













