Sunday, November 9, 2025

आजको मिति: २०८२ कार्तिक २३ ,आईतवार

  • समाचार
  • शिक्षा/स्वास्थ्य
TRENDING
  • समाचार
  • शिक्षा/स्वास्थ्य
  Latest
कुमुदिनी होम्समा वादविवाद प्रतियोगिता
पत्रकार आरजूको जन्मदिनमा रक्तदान
Annual Work Plan Construction Workshop at Kalika Multiple Campus
कुमुदिनी होम्समा नेपाली भाषा कौशल प्रतियोगिता
Next
Prev

कुमुदिनी होम्समा वादविवाद प्रतियोगिता

२३,कार्तिक
पोखरा ।
पोखरा महानगरपालिका ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयले वार्षिक कार्यतालिकाअनुसार आइतवार तहगत रूपमा नेपाली वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । आज सम्पन्न पहिलो चरणको आधारभूत तह स्तरीय प्रतियोगिता आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कक्षा ७ (ख) का आदित्य खत्री प्रथम,कक्षा ७ (ग) की छात्रा संस्कृति गैह्रे द्वितीय, कक्षा ८(क) की छात्रा प्रतिष्ठा के.सी. तृतीय र कक्षा ७ (क) की छात्रा आयुषा लामाले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगी विद्यार्थीहरूले सहरीया जीवनभन्दा गाउँले जीवन प्रेरणादायी र रमणीय हुन्छ भन्ने विषयको पक्ष विपक्षमा आ आफ्ना तर्क प्रस्तुत गरेका थिए । कक्षा ६ की विद्यार्थी नस्विना गौतमले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

त्यस्तै आज नै सम्पन्न माध्यमिक तह (९ देखी १२) अन्तर्गतको दोस्रो चरणको वादविवाद कार्यक्रम शिक्षक मन बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । वैदेशिक रोजगारी दीर्घकालीन समस्याको समाधान होइन विषयमा पक्ष विपक्षमा विद्यार्थीहरूले आफ्ना विचार व्यक्त गरेका थिए । कक्षा १० की विद्यार्थी निशा छन्त्यालले सञ्चालन गरेकी कार्यक्रममा कक्षा ११ विज्ञान संकायकी छात्रा अञ्जली के.सी. प्रथम, कक्षा १० (ग) का प्रतीक पौडेल द्वितीय, कक्षा ९ (ग) की दिव्या आचार्य तृतीय र कक्षा १० (ख) का सक्षम गैह्रेले सान्त्वना स्थान हासिल गरेका थिए । शिक्षकहरू इन्द्र राज बराल, उमा पोख्रेल र दिपक के.सी. निर्णायक रहेको कार्यक्रममा शिक्षकहरू श्रवणकुमार तिमिल्सिना र विशाल विक्रम बस्नेतको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको कुरा कार्यक्रम संयोजक शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist