Sunday, December 14, 2025

आजको मिति: २०८२ मंसिर २८ ,आईतवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि
कुमुदिनी होम्समा खुला गायन प्रतियोगिता
कुमुदिनी होम्समा तहगत हाजिरीजवाफ सम्पन्न
Next
Prev

नेका कास्की सभापति वरालको अवैध मनोमानि कार्यको क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ द्वारा खेद व्यक्त

पोखरा, २८ मंसिर ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ कास्कीले नेका कास्कीका सभापति किशोरदत्त वरालको अवैध र मनोमानि कार्यको खेद व्यक्त गरेको छ । समितिले सोहि विषयमा सन्दर्भमा नेका गण्डकीका सभापति शुक्रराज शर्माको ध्याकर्ष गराएको छ । मंसिर २१ गतेदेखि निरन्तर उम्मेदवार छनौटका लागि भेला र छलफल जारी रहेको बेलामा वरालले मनोमानि तवरले माथिल्लो निकायमा नामावली पेश गरेको भन्दै त्यसको खेद व्यक्त गरेको सभापति राजेन्द्रमणी लामिछानेले जारी गरेको प्रेस नोटमा लेखिएको छ । आईतबार मंसिर २८ गते पनि उम्मेदवार र क्षेत्रीय कार्य समितिबीच छलफल चलिरहेको अवस्थामा वरालले कास्की क्षेत्र नं १ को उम्मेदवारको नामावली पेश गरेको बुझिएको छ ।

क्षेत्र नं १ ले नाम सिफारिस नगरिकन वरालद्वारा माथिल्लो निकायमा मनोमानि तरिकाले नामावली पेश गरेकोले नेकाको विधानले समितिलाई नै नाम संकलन र सिफारिस गर्ने अधिकार भएको हुँदा जिल्ला सभापतिको सिरफारिस अवैध भएको उल्लेख गरेको छ । सभापति लामिछानेले लेखेका छन्, केन्द्रको पछिल्लो स्पष्ट परिपत्रले उम्मेदवार छनौट संख्यामा सहमति, सहकार्य गरेर निष्कर्ष निकाल्ने वातावरण बनाउन छलफल चलिरहेको छ । यसरी छलफल चलिरहेको बेलामा अकस्मात जिल्ला सभापति वरालको क्रियाकलापले पार्टीलाई अपुरणीय क्षेती र तमाम कार्यकर्ताको मनोबल गिरेको जनाईएको छ ।
लामिछानेले यस्ता गतिविधि र व्यक्तिगत लहडमा नलाग्न अनुरोध गरेका छन् । उनले क्षेत्रले सिफारिसका लागि संकलन गरेको नामावली उल्लेख गरेका छन् भने अन्य प्रक्रिया बाँकी रहेको जनाएका छन् ।

लामिछानेले आईतबार नै नेका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मालाई ध्यनाकर्षण पत्र लेख्दै नेका कास्कीका सभापति वरालको मनोमानि क्रियाकलापले पार्टीलाई अपुरणीय क्षेती हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist