Sunday, December 14, 2025

आजको मिति: २०८२ मंसिर २८ ,आईतवार

  • समाचार
TRENDING
  • समाचार
  Latest
२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि
कुमुदिनी होम्समा खुला गायन प्रतियोगिता
कुमुदिनी होम्समा तहगत हाजिरीजवाफ सम्पन्न
Next
Prev

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि

लेखनाथ, मंसिर ।
आदर्श युवा क्लब पोखरा–२९ भण्डारढिकले २५ औँ आदर्श कप २०८१ को आय–व्यय सार्वजनिक गर्दै २६ औँ आदर्श कप २०८२ को औपचारिक घोषणा गरेको छ । आगामी माघ ९ गतेदेखि १६ गतेसम्म भण्डारढिक रङ्गशालामा २६ औँ आदर्श कप आयोजना गर्न लागिएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले भण्डारढिक खेलमैदानसँग आफ्नो बाल्यकालदेखिको निकटता रहेको उल्लेख गर्दै यस खेलमैदानलाई वर्तमान अवस्थामा ल्याउन योगदान दिने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले खेलमैदानमा विभिन्न खेल गतिविधि सञ्चालन हुँदै आएको बताउँदै निर्माणाधीन संरचनालाई पूर्णता दिन आगामी बजेटमार्फत भण्डारढिक रङ्गशालाको विकास र आवश्यक खेलकुद सामग्री जिल्ला खेलकुद विकास समितिमार्फत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे।

क्लबका अध्यक्ष पदम गुरुङले विशेष कार्यक्रममा २६ औँ आदर्श कप २०८२ को घोषणा गर्दै स्थापना कालदेखि नै भण्डारढिक खेलमैदानमा फुटबललगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको इतिहास स्मरण गर्दै फुटबलसँगै भलिबल, बास्केटबल, टेनिस, रिले दौडजस्ता खेलहरू पनि हुँदै आएको जानकारी दिए। अध्यक्ष गुरुङले विभिन्न संघ–संस्था तथा सहयोगी हातहरूबाट समय–समयमा प्राप्त आर्थिक सहयोगका कारण खेलमैदान संरक्षण सम्भव भएको उल्लेख गर्दै खेलाडी उत्पादन, प्रवद्र्धन र संरक्षणमा क्लब निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

सोही अवसरमा २५ औँ आदर्श कप २०८१ को आय–व्यय विवरण सार्वजनिक गरिएको थियो । संस्थाका आर्थिक संयोजक विष्णु हमालका अनुसार प्रतियोगिताबाट विभिन्न शीर्षकमा जम्मा आम्दानी ४१ लाख ७७ हजार ३०१ रुपैयाँ भएको थियो भने खर्चतर्फ ३३ लाख ९७ हजार ३७७ रुपैयाँ खर्च भएको छ । यसरी ७ लाख ७९ हजार ९२४ रुपैयाँ बचत भएको विवरण प्रस्तुत गरे । कार्यक्रममा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले २५ औँ आदर्श कप २०८१ मा टिकट बिक्रीबाट उठेको रकममध्ये २५ हजार रुपैयाँ लेखनाथ पत्रकार मञ्चको अक्षयकोष वृद्धिका लागि हस्तान्तरण गरिएकोमा आदर्श युवा क्लबप्रति विशेष धन्यवाद व्यक्त गरे।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष चेतबहादुर गुरुङ, पूर्व अध्यक्ष विजय गुरुङ, कानुनी सल्लाहकार अधिवक्ता मदनप्रसाद तिवारी, रोजगार प्रवद्र्धन प्रतिनिधि चन्द्रिका पौडेल, लेखनाथ उद्योग वाणिज्य संघकी उप–महासचिव गङ्गा मल्ल, नवदुर्गा टोल विकास संस्थाका अध्यक्ष चिनबहादुर गुरुङ, नवज्योति आमा समूहकी अध्यक्ष बुद्धिकुमारी गुरुङ, संयुक्त भूपू गोर्खा क्लबका अध्यक्ष जङ्गबहादुर गुरुङ, क्लबका सचिव सन्तोष गुरुङलगायत वक्ताहरूले संस्थाको प्रगति, खेलकुदको महत्व र स्थानीय खेल विकासबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

सोही अवसरमा विभिन्न समयमा आर्थिक तथा अन्य सहयोग प्रदान गर्ने संघ–संस्था, क्लब तथा आमा समूहहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist