पोखरा १९, पौष ।
लेखनाथ जेसिजको २८ औ पदस्थापना कार्यक्रम एक समारोहका विच शुक्रवार सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वोल्दै प्रमु अतिथी नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष जिवन कार्कीले युवाहरु नेतृत्व विकास सँगै समाज रुपान्तरण र अनुशाषनमा संवेदनशिल वन्नुपर्नेमा जोड दिए । कार्कीले देशमै सम्भावना देख्न र अनुशासित भएर काम गर्न सकेमा अवश्य सफल भईने उद्घोष गरे । सोही कार्यक्रममा नेपाल जेसिजका कार्यकारीणी उपाध्यक्ष सपना पौडेल भण्डारी, नेपाल जेसिजका उपाध्यक्ष आरज्ञ श्रेष्ठ, लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, लेखनाथ जेसिजका मातृ शाखा पोखरा जेसिजका अध्यक्ष सुमन पहारी लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

लेखनाथ जेसिजका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मार्फत आगामी वर्ष २०२६ का अध्यक्ष सर्वेन्द्र न्यौपानेको निर्वाचित टिमलाई पद हस्तान्तरण भएको थियो । सोही कार्यक्रममा लेखनाथ जुनियर जेसिजका अध्यक्ष शोभा केसी मार्फत आगामी २०२६ की अध्यक्ष रितिका सुवेदीको टिमलाई पद हस्तान्तरढा गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक निशान्त गौतम परियारले गर्नुका साथै सञ्चालन महासचिव रसिसहरी भण्डारी र सचिव शिवानी केसीले गरेका थिए ।













