पोखरा, २३ पौष .
माननीय खेलकुद मन्त्री बाब्लु गुप्ताले आज पोखरास्थित गो बञ्जी नेपाल मा बञ्जी जम्पको रोमाञ्चक अनुभव लिनु भएको छ। उहाँको यस साहसिक अनुभवले पोखरालाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा अझ सुदृढ बनाएको छ।

भ्रमणका क्रममा मन्त्री गुप्ताले गो बञ्जी नेपालले अपनाएको अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड, दक्ष व्यवस्थापन तथा पूर्वाधारको प्रशंसा गर्नु भयो। साथै उहाँले साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धनमार्फत युवालाई प्रोत्साहन गर्न र नेपालको साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता गतिविधिको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो। पोखरामा अवस्थित गो बञ्जी नेपालले विश्वस्तरीय सुरक्षा मापदण्ड कायम गर्दै साहसिक पर्यटनको विकास र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।













