Friday, January 30, 2026

आजको मिति: २०८२ माघ १६ ,शुक्रबार

  • समाचार
TRENDING
  • समाचार
  Latest
टाइगर कपः एपीएफविरुद्ध पुलिसको सहज जित
Next
Prev

छोराको स्मृतिमा अक्षय कोष स्थापना

पुस २३, पोखरा ।
कास्कीको रुपा गाउँपालिकामा स्थापना भएको स्वर्गीय खेम बहादुर गुरुङ स्मृति संस्थाले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपाली महिलाहरूको महान् चाड हरितालिका तिज २०८२ को अवसरमा आयोजना गरिएको स्व. खेम बहादुर गुरुङ स्मृति कप साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको थियो।

उक्त कार्यक्रममार्फत बचत भएको रकम रूपा गाउँपालिका–२, थुम्कीमा रहेको शिवालय माध्यमिक विद्यालय कास्कीको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा “स्वर्गीय खेम बहादुर गुरुङ (माइला दाइ) स्मृति संस्था” बाट उहाँका बुबा श्री हर्क बहादुर गुरुङले अक्षय कोष खडा गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । अक्षय कोषको संरक्षक हर्क बहादुर गुरुङले रु.५५,५५५ (अक्षरूपी पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ) बराबरको अक्षयकोष स्थापना गरी उक्त रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको कुरा स्थानीय तथा संस्थाको सदस्य नवराज गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

Notice: Trying to access array offset on value of type bool in /home/baaladhikar/public_html/wp-content/themes/jnews/class/Module/Block/Block_9_View.php on line 13

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist