पोखरा, पौष ।
पोखरा महानगर पालिका वडा नं. २७, तालचोकमा रहेको लिटिल गार्डेन विद्यालयमा वार्षिक खेलकुद कार्यक्रम भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक प्रिन्सिपल ऋतु पौडेलले कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना शारीरिक सीप, आत्मविश्वास र भावना प्रस्तुत गर्ने सुनौलो अवसर प्रदान गरेको र खेलकुदमार्फत अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउने हाम्रो उद्देश्य रहेको बताइन । तीनदिन सम्म चलेको वार्षिक खेलकुद कार्यक्रममा बिद्यार्थीहरुले सक्रिय सहभागिता जनाएका थिए ।

वार्षिक खेलकुद कार्यक्रममा थिममा आधारित खेलहरू समावेश गरिएको थियो। जसमध्ये ज्याकेट लगाउने खेल, वस्तुहरू पहिचान गर्ने, बास्केट सन्तुलन खेल, स्मृति खेल, गणितीय आकार चिन्ने खेल तथा ज्याकेट लगाउने जस्ता बिभिन्न खेलहरु खेलाइएका थिए ।

े अध्यक्ष बरालले खेलमा सहभागी सम्पुर्ण बिद्यार्थीहरुलाई बधाइ दिदै खेलकुद कार्यक्रम सफल बनाउन योगदान गर्ने शिक्षककर्मचारी र अभिभावकहरु प्रती आभार व्यक्त गरे ।













